back
CTIZAN AD

डा. भट्टराईको यक्षप्रश्न – दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो ?

वि.सं.२०७८ जेठ २१ शुक्रवार

885 

shares

२१ जेठ, काठमाडौँ । जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो भन्दै व्यङ्ग्य गरेका छन् ।

कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाकाे महन्थ ठाकुर पक्षलाई समावेश गर्दै मन्त्रीपरिषद् विस्तार गरेपछि टिप्पणीका रुपमा नेता भट्टराईले यस्तो सवाल गरेका हुन् ।

उनले अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने दुई अतिवादीबीच सत्ताका लागि मात्र घाँटी जोडिएको कुरा स्पष्ट भएको भन्दै उनले यसबाट दुवैको मुकुण्डो उत्रिएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल टिव्टरमा लेखेका छन् : ‘यक्ष प्रश्न – संविधान जारी हुॅदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घॉटी कसरी जोडियो ?, अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम ? नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहॉ जोडिएको रहेछ ? दुबैको मुकुण्डो उत्रिएन त ?

वि.सं.२०७८ जेठ २१ शुक्रवार २१:५५ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...