back
CTIZAN AD

नवनियुक्त मन्त्रीहरुले लिए सपथ, ओली सरकारमा ३ उपप्रधानमन्त्री

वि.सं.२०७८ जेठ २१ शुक्रवार

693 

shares

२१ जेठ, काठमाडौँ । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षलाई सरकारमा सहभागी गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।  राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त मन्त्रीहरुले सपथ लिएका छन्।

नयाँ मन्त्रिमण्डलमा जसपाबाट शरदसिंह भण्डारी उर्जा, जलस्रोत तथा सिचाई मन्त्री बन्दा अनिलकुमार झाले खानेपानी र लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन्।

यस्तै विमल श्रीवास्तवले श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशंकर अरगरियाले वन तथा वातावरण, चन्दा चौधरी महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकवाल मिया युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन्।
जसपाबाट चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री नियुक्त भएकी छन्।

त्यस्तै एमालेका केही मन्त्रीहरु हेरफेर तथा बढुवा गरिएका छन् ।  अर्थमन्त्री विष्णु पौडेल उपप्रधानमन्त्रीमा बढुवा गरिएका छन् । शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका छन् ।

नयाँ मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्री छन् । एमालेबाट पौडेलसहित रघुवीर महासेठ परराष्ट्र सहित उपप्रधानमन्त्री बनेका छन् भन् जसपाबाट राजेन्द्र महतो उपप्रधानमन्त्री बनेका छन्।

आजै प्रधानमन्त्री केपी शर्मा ओली र जसपाको महन्थ ठाकुर समूहबीच मन्त्रालय बाँडफाँडमा सहमती भएको थियो ।

वि.सं.२०७८ जेठ २१ शुक्रवार २१:२६ मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...