back
CTIZAN AD

यज्ञपुरीमा बृहत्तर फलफुल श्रोत केन्द्र सन्चालन गर्ने सहमति

वि.सं.२०७८ जेठ २१ शुक्रवार

657 

shares

२१ जेठ, भरतपुर । बि.पी मेमोरियल क्यान्सर अस्पताल भरतपुरकाे परिसरमा रहेकाे यज्ञपुरीमा बृहत्तर फलफुल श्रोतकेन्द्र सन्चालन हुने भएको छ ।

बागमति प्रदेश सरकार र बि.पी मेमोरियल क्यान्सर अस्पताल विच यज्ञपुरीमा बृहत्तर फलफुल श्रोतकेन्द्र सन्चालन गर्ने सहमति भएको छ ।

नेकपा एमालेका नेता तथा प्रदेश सभा सदस्य विजय सुवेदीले दिएको जानकारी अनुसार यस सन्दर्भमा प्रदेश कृषि मन्त्रालय हेटौडामा एक समारोह विच मन्त्रालयका कृषि निर्देशक रविन्द्र प्रधान र अस्पत्तालका कार्यकारी निर्देशक डा. डेज गौतमले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतामा बगैचाको संरक्षण एवम् नयाँ विरुवा रोपण गरी पुन वागवानी केन्द्रको रुपमा विकास गरिने उल्लेख छ ।

हाल सदुपयोग हुन नसकेको ५० विगाहा जमिनको सदूपयोग गरी फलफूल उत्पादन तथा वार्षिक ३ लाख विरुवा उत्पादन गरी करिब ५ करोडको आम्दानि हुने अनुमान गरिएको छ।

परियोजनाको आर्थिक र प्राविधिक लगानी प्रदेश सरकारले गर्ने नेता सुवेदीले बताए ।

वि.सं.२०७८ जेठ २१ शुक्रवार २०:५५ मा प्रकाशित

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौँ । विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए...

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि...

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ ?

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ ?

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...