back
CTIZAN AD

कोरोनाभ्याक खोपलाई नेपालमा प्रयोगका लागि अनुमति

वि.सं.२०७८ जेठ २१ शुक्रवार

684 

shares

२१ जेठ, काठमाडौं । चिनियाँ कम्पनी सिनोभ्याक लाइभ साइन्स कम्पनीले उत्पादन गरेको ‘कोरोनाभ्याक’ खोपलाई नेपालमा प्रयोगका लागि अनुमति दिइएको छ ।

औषधि व्यवस्था विभागको विभागीय निर्णय अनुसार ‘कोरोनाभ्याक’ खोपलाई नेपालमा प्रयोगका लागि शसर्त अनुमति दिइएको हो ।

विभागका महानिर्देशक भरत भट्टराईका अनुसार सिनोभ्याकको नेपाल प्रतिनिधि बायोमेटिक्स प्रालिलाई उक्त खोप ल्याउने अनुमति दिइएको हो ।

औषधि व्यवस्था विभागले चीनको सिनोफार्म कम्पनीले उत्पादन गरेको ‘भेरोसेल’ खोपलाई गत वर्ष फागुन ४ गते आपत्कालीन प्रयोगका लागि ससर्त अनमुति दिइसकेकाे छ । चीनले अनुदानमा  भेराेसेलकाे ८ लाख डोज उपलब्ध गराइसकेकाे छ । फेरिपनि भेरोसेलको १० लाख खोप नेपाल ल्याइएको छ । चीन सरकारको तर्फबाट अनुदानका रुपमा प्राप्त भएको उक्त खोप ६० देखि ६४ वर्ष उमेरकालाई यहि जेठ २५ गतेबाट लगाउने तयारी सरकारले गरेको छ ।

सिनोभ्याकले उत्पादन गरेको उक्त खोपलाई दुइदिन अघि मात्र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो ।

विभागले सिनोभ्याकको खोपलाई नेपालमा प्रयोग अनुमति दिएसँगै उत्पादक कम्पनीको नेपाल प्रतिनिधि बायोमेटिक्स प्रालिले आयातका लागि अनुमति मागेको छ ।

१० लाख डोज खोप नेपाल ल्याउने गरी आयात अनुमति मागेको बायोमेटिक्स प्रालिका निर्देशक बिके भण्डारीले जानकारी दिए ।

उनका अनुसार बायोमेटिक्सले उक्त खोपको उपभोक्ता मूल्य प्रतिडोज रु दुई हजार १०० तोकेर विभाग अनुमति मागेको छ । सबै प्रक्रिया सकेर २० दिनभित्र खोप नेपाल ल्याउने याेजना सुनाउँदै भण्डारीले छिट्टै आयात अनुमति पाउने अपेक्षा व्यक्त गरे ।

वि.सं.२०७८ जेठ २१ शुक्रवार २०:२० मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...