back
CTIZAN AD

स्वास्थ्य सामग्री लिएर जिल्ला जिल्ला जाँदै माओवादी केन्द्र

वि.सं.२०७८ जेठ २१ शुक्रवार

654 

shares

२१ जेठ, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) कोरोना महामारी बिरुद्ध लड्न स्वास्थ्य सामग्री लिएर जिल्ला जिल्ला जाने भएको छ ।

कोरोना महामारी बिरुद्ध लड्न अध्यक्ष प्रचण्डको नेतृत्वमा बनाएको कार्यदलको पार्टी केन्द्रीय कार्यालय पेरिसडांडामा शुक्रबार बसेको बैठकले कोरोना महामारी बिरुद्ध लड्न स्थानीय पार्टी कमिटिहरुलाई परिचालन गर्ने निर्णय गरेको हो ।

पार्टी केन्द्रको पहलमा जम्मा भएका स्वास्थ्य सामाग्रीहरु र पार्टीको प्रबास कमिटीको संयोजनमा बिभिन्न देशका जनप्रगतिशील मञ्चहरुबाट प्राप्त भएका सहयोग सामाग्री एकै साथ बिभिन्न प्रदेशहरुमा पठाइने माओवादी केन्द्रीय सदस्य युवराज चौंलागाईंले बताए । “कार्यदलले आफ्नो काम शुरु गरिसकेको छ । अब केही दिन भित्रै सबै प्रदेश र जिल्लामा स्वास्थ्य सामाग्री पठाइने छ” चौंलागाईंले बताए ।

बैठकले पार्टी केन्द्रको तर्फबाट कोरोना महामारी सम्बन्धी कामको संयोजन गर्नका लागि श्रीराम ढकाल, जोख बहादुर महरा र युवराज चौंलागाईं रहेको एक कार्यदल समेत बनाएको छ ।

यसैबीच, माओवादी केन्द्र प्रबास कमिटिले पांच लाख मूल्य बराबरको स्वाथ्य सामाग्री पार्टीको काभ्रे जिल्ला कमिटिलाई हस्तान्तरण गरेको छ । उक्त सामाग्री काभ्रेको बनेपामा पार्टी केन्द्रीय सदस्य तथा प्रबास समन्वय कमिटिका अध्यक्ष युवराज चौंलागाईंले काभ्रेका माओवादी नेता इन्द्र बहादुर थिंग, प्रदेश सभा सदस्य रत्न ढकाल लगायत नेताहरुलाई हस्तान्तरण गरे ।

अक्सिजन सिलन्डरहरु, एन्टिजेन टेस्ट किटहरु, अक्सिमिटर, पिपिइ सेट, माक्स, ग्लोब्स, सेनिटाइजर, थर्मल गन लगायत स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको नेपाली जनप्रगतिशील मञ्च, पूर्वी एशिया क्षेत्रका सचिव रमेश तिवारीले जानकारी दिए ।

नेकपा(माओवादी केन्द्र) प्रबास कमिटिले एक करोड रुपैंया राशीको कोरोना बिरुद्धको हातेमालो अभियान कोष खडा गरेको छ । उक्त कोषमा हाल सम्म मलेशिया, कोरिया, जापान, साइप्रस, संयुक्त अरब इमिरेट्स, कतार, कुबेत, बहराइन, स्पेन, अष्टेलिया र जर्मनीले सहयोग जम्मा गराइसकेको र अन्य देशहरुले तीब्र रुपमा सहयोग संकलन गरिरहेको बताइएको छ ।

वि.सं.२०७८ जेठ २१ शुक्रवार २२:१० मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...