back
CTIZAN AD

कास्कीका चार गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर

वि.सं.२०७८ जेठ २२ शनिवार

687 

shares

२२ जेठ, कास्की । कास्कीका चार गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । काठमाडौँको बोधिसत्व विहार र सामाजिक अभियानकर्मी शान्त शर्माका सहयोगमा कोरोनाको दोस्रो लहर रोकथाम र सङ्क्रमण न्यूनीकरणमा क्रियाशील स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।

कोरोना सङ्क्रमित बिरामीको प्राथमिक उपचार गाउँमै गर्ने गरी जिल्लाका चार वटै स्थानीय तहले अक्सिजन सुविधासहितको आइसोलेशन अस्पताल सञ्चालनमा ल्याएका छन् । जिल्लाका रुपा, अन्नपूर्ण, माछापुच्छ«े र मादी गाउँपालिकालाई शुक्रबार पाँच÷पाँच लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको पोखरा संयोजक दीननाथ बरालले बताए । कन्सन्ट्रेटरसहित अक्सोमिटर, मास्क, थर्मल गन, प्रेसर नाप्ने मेसिन, सेनिटाइजर, ह्याण्डवास, फिनेल, स्प्रे मेसिनलगायत स्वास्थ्य सामग्री प्रदान गरिएको थियो ।

अक्सिजन अभाव भएका अवस्थामा अक्सिजन कन्सन्ट्रेटरसहितको स्वास्थ्य सामग्री प्राप्त गर्दा ठूलो राहत महसुस भएको मादी गाउँपालिकाले जनाएको छ । यसैबीच सृजनशील अपाङ्गता सरोकार समितिलाई औषधि सहयोग गरिएको छ । समितिलाई प्यान्टो प्राजोल, कफ सिरप, भिटामिन बी कम्प्लेक्स, सिटामोल, साइनेक्सलगायत एक बाकस औषधि वितरण गरिएको संयोजक बरालले जानकारी दिए । यसअघि बिहीबार बोधिसत्वा विहारबाट प्राप्त स्वास्थ्य सामग्री पोखराका तीन अस्पताललाई प्रदान गरिएको थियो ।

वि.सं.२०७८ जेठ २२ शनिवार १०:०७ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...