back
CTIZAN AD

निशेधाज्ञाका कारण दाना आपूर्ति हुन नसक्दा धमाधम मर्न थाले कुखुरा

वि.सं.२०७८ जेठ २३ आइतवार

771 

shares

राजु विश्वकर्मा, २३ जेठ, लहान । कोरोना भाइरस (कोभिड—१९) फैलिन नदिन स्थानीय प्रशासनले एक महिनादेखि गरेको निषेधाज्ञाका कारण कुखुराको चल्ला र दानाको आपूर्ति नहुँदा कुखुरापालक किसानहरू मारमा परेका छन् । निषेधाज्ञाको कारण सवारी साधन नचल्दा दानाको आपूर्ति हुन नसकेपछि पोल्ट्री फर्महरूमा रहेका कुखुराहरू दुब्लाउँदै मर्ने अवस्थामा पुगेका हुन् ।

लाखौंको लगानीमा सञ्चालित फर्महरूमा दुई महिनाभन्दा बढी समयदेखि जारी बन्दाबन्दीका कारण दाना नआएपछि समस्यामा परेको कुखुरापालक किसानहरूले गुनासो गरेका छन् । कुखुराको दाना नै नपाएपछि कुखुरा तथा चल्लाहरूलाई गहुँ तथा चामल खुवाएर जेनतेन ज्यान जोगाउने गरिएको सिरहाको नवराजपुरका कुखुरापालक किसान सकुर मियाँले बताए ।

दाना अभावले कुखुराहरूको तौल घट्दै गएकाले तरकारीको भाउमा बेच्न थालिएको उनले दुखेसो पोखे । “ऋण लिएर कुखुरा व्यवसाय शुरु गरेको थिएँ” सकुर मियाँले भन्नुभयो,“तर निषेधाज्ञाले गर्दा लगानी समेत डुब्ने अवस्था आएको छ, अझै केही दिनसम्म दाना नआए भएको कुखुरा र चल्ला समेत भोकै मर्ने अवस्था भइसकेको छ ।” चल्ला र दानाको अभाव भएपछि कुखुरापालनप्रति नै उनी निराश देखिन्छन् ।

घर नजिकै पोल्ट्री फार्म सञ्चालन गरी दुई वर्षदेखि कुखुरापालन गर्दै आएका उनले कुखुरा तथा चल्लाका लागि दाना ढुवानीको वैकल्पिक व्यवस्था मिलाइए कुखुरा तथा चल्लाहरूलाई राहत हुने उनको भनाइ छ । “उत्साहका साथ कुखुरापालन शुरु गरेकामा लामो निषेधज्ञाले सबै चल्ला बर्बाद भएको छ”, अर्का कुखुरापालक किसान सिरहाको भगवानपुर गाउँपालिकाको ठाडीका सञ्जीव साहले भने “अहिले दानाको अभावमा कुखुराहरूको ज्यान जोगाउन समस्या छ, गहुँ र पानी खुवाएर कुखुराहरू सहज रूपमा बाँच्ने अवस्था छैन ।”

कुखुरा फर्ममा हाल १५० वटा कुखुरा रहेपनि तिनलाई खुवाउने दाना नहुँदा एकातिर पालन गर्न कठिनाइ भइरहेको छ भने अर्काेतर्फ खानयोग्य भइसकेको कुखुरा पनि बिक्री गर्न पनि सकिरहेको छैन् उहाँको दुखेसो छ । सरकारले कुखुरापालनमा लागेकाहरूलाई प्रोत्साहनस्वरुप राहतको व्यवस्थापन मिलाई दिनुपर्ने उनको आग्रह छ ।

“एक त कुखुराहरू दाना अभावले तौल बढिरहेको छैन भने अर्कोतर्फ विक्रीका लागि तयारी अवस्थामा रहेका कुखुराहरू सुक्नै लागेको छ” सोही ठाउँका अर्का कुखुरापालक किसान मो. इद्रिसले भने,“कोरोना भाइरसको त्रासका कारण कुखुरा खाने उपभोक्ताहरू घटेकाले तरकारीकै भाउमा विक्री गर्नुपर्ने अवस्था आइपुगेको छ ।” ऋण काट्ेर कुखुरा फर्म सञ्चालन गरेको तर, कोरोना भाइरस फैलिन नदिन सरकारले गरेको निषेधज्ञाका कारण धरासायी बन्न पुगेको उनले बताए ।

यस्तो समस्या केबल उनीहरूको मात्रै होइन्, सिरहामा कुखुरापालन गर्दै आएका अधिकांश कुखुरापालक किसानहरूको समस्या हो । सिरहामा करीब ५०० भन्दा बढी पोल्ट्री फार्महरू सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालय लहान सिरहाले जनाएको छ । कुखुरापालक कृषकहरूको समस्याप्रति सम्बन्धित निकायले ध्यान नदिए कुखुरापालन धरासायी हुने निश्चत रहेकोले सरोकारवालाहरूलाई गम्भीरतापूर्वक लिन व्यवसायीहरूले समेत माग गरेका छन् । file photo

वि.सं.२०७८ जेठ २३ आइतवार ०७:३४ मा प्रकाशित

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुर । भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ...

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी ।  विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या...

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...