back
CTIZAN AD

तपाईको आज (आइतबार) को राशिफल भन्छ–आज यी पाँच राशिकालाई हुनेछ विशेष फाइदा !

वि.सं.२०७८ जेठ २३ आइतवार

684 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। काममा विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा मनग्य फाइदा हुनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ। आम्दानीका स्रोत भने कमजोर बन्नेछन्। बेलैमा होस नपुग्नाले फाइदा गुम्न सक्छ। काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन्। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। धेरै मिहिनेत परे पनि थोरैमात्र फल प्राप्त हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। सोख र परिस्थितिले खर्चको मात्रा भने बढ्ने देखिन्छ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आम्दानीका विभिन्न स्रोत देखिए पनि सुरुमा सोचेको जति फाइदा नहुन सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। नाम, दाम र इनाम कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा लोकप्रिय काम गर्न सकिनेछ। नोकरी र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ। छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ। प्रयत्न गर्दा दिगो कामको जग बसाउन पनि सफल भइनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। परिस्थितिवश काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। आंशिक फाइदा भए पनि काम पूरा गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। समयअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। केही बाध्यताले अलमल्याए पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिस्थितिको चक्रमा अलमलिनुपर्दा काममा समय लाग्नेछ। अस्वस्थता र कमजोरी अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। हुलमुलमा धनमाल गुम्न सक्छ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव महसुस हुनेछ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। उपचारमा खर्च हुने समय छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रयत्न गर्दा छोटो समयमा मनग्गे फाइदा हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। भोग–विलास र सुख–सुविधाका लागि केही खर्च बढ्न सक्छ। केही विवादास्पद जिम्मेवारी समेत वहन गर्नुपर्ला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। ईर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापारलगायत अर्थ लाभ हुने योजना प्रारम्भ गर्न सकिनेछ। मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। दिगो काम थालनी हुनेछ। पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
कामको मेसो नमिल्दा केही पछि परिएला। वैधानिक प्रावधानले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। परिबन्धले काममा बाधा पुर्याउला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ। आगन्तुकका कारण अध्ययनमा बाधा पुग्न सक्छ। बुद्धिको उपयोगले काम बन्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले काम दोहोर्याउनुपर्ला। बेसुरको व्यवहारले समस्या निम्त्याउनेछ। महत्वाकांक्षी योजनामा आफ्नैले बाधा पुर्याउलान्। निर्णायक मोडमा दुविधा हुने हुँदा हतारमा निर्णय नलिनुहोला। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। गोपनीयतामा विशेष सजग रहनुहोला। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। स्रोत–साधन जुट्नाले उद्योग र व्यापारमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। वादविवादले काम रोकिने हुँदा सजग रहनुपर्ला। वचन पुर्याउन नसक्दा आलोचित भइनेछ। तर मिहिनेत गर्दा पहिलेका कमजोरी सुधार्ने अवसर प्राप्त हुनेछ। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुपर्ला। आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा संयम रहनुहोला।

२०७८ जेठ २३ गते, आइतवार, ६ जुन २०२१
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

आज शनिबार, शनि भगवानको दर्शन गरेर जान्नुहोस् कस्तो छ त तपाईको आजको दिन ?

वि.सं.२०७८ जेठ २३ आइतवार ०७:४४ मा प्रकाशित