back
CTIZAN AD

अफगान हिंसामा परी शनिबार १० तालिबान, ६ प्रहरी र ४ सैनिक मारिए

वि.सं.२०७८ जेठ २३ आइतवार

627 

shares

२३ जेठ । अफगानिस्तानका विभिन्न स्थानमा शुक्रबार र शनिबार भएका कारबाही तथा आक्रमणमणका घटनाहरुमा परेर १० जना तालिबान लडाकू र अरु ९ जना सुरक्षाकर्मी मारिएका बताइएको छ ।

अफगानिस्तानबाट प्राप्त समाचारमा त्यहाँको उत्तरी प्रान्त बाग्लानको प्रहरी चौकीमा तालिबान लडाकूहरुले हमला गरेका थिए । सो सशस्त्र हमलामा परी छ जना प्रहरी मारिएका छन् । उनीहरु चौकीमा रहेका बेला प्रहरी माथि नै हमला भएको थियो ।

ठूलो संख्यामा आएका तालिबानहरुले त्यहाँको सो प्रहरी चौकीमा हमला गरेका थिए । शनिबार भएको सो हमलामा परी मारिएका छ जनामध्ये दुई जना यहाँका दुई जिल्लाका प्रमुख प्रहरी रहेका बताइएको छ । सो हमलामा परी अरु सात जना प्रहरी घाइते भएका छन् । त्यस चौकीमा हमला गरेर तालिवानहरु भागेका बताइएको छ ।

त्यसैगरी उत्तरी बादख्सान प्रान्तको आर्गो जिल्लामा पनि ताबिलानहरुले थापेको एम्बुसमा परेर ४ जना सैनिक मारिएका छन् । उनीहरुको सवारी नै सडकमा विछ्याइएको एम्बुसमा परेको थियो । त्यस क्रममा अरु ६ जना सैनिक घाइते पनि भएका छन् । घाइते सैनिकको अवस्था गम्भीर रहेको सो प्रान्तका प्रान्तीय सैनिक प्रमुखले जानकारी दिएका छन् ।

त्यसैगरी अफगानिस्तानको उत्तरी समागान प्रान्तमा यहाँको सेनाले गरेको कारबाहीमा परी १० जना ताबिलान लडाकूहरु मारिएको बताइएको छ । उनीहरुलाई अफगान सेनाले हवाई कारबाही गरेको थियो । त्यसमा परी अरु कम्तीमा १० जना घाइते भएका पनि समाचारमा जनाइएको छ ।

वि.सं.२०७८ जेठ २३ आइतवार ०७:५० मा प्रकाशित

इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी

इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी

टर्कीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध गाजाका लागि सहायता लिएर गएका...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला  । मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस...

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ। जुलाईको सुरुमा मेसाक चत्रवातले निम्त्याएको गम्भीर बाढीले दक्षिण चीनको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...