२३ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले देशभन्दा पद र सत्ता प्यारो ठान्ने कार्यकारीबाट देश बर्बाद हुन लागेको टिप्पणी गरेका छन् ।
काम चलाउ सरकारबाट प्रधानमन्त्रीले अवैधानिक ढंगबाट गरिएको मन्त्रिपरिषद् पुर्नगठनबाट उपप्रधानमन्त्री बनेका राजेन्द्र महतोले बोलेका भाषा ने भएपनि उनको मुक्ति संग्राम सारतत्वमा नेपाललाई बिखण्डन गर्ने होइन भन्ने कुनै आधार नभएको समेत नेता श्रेष्ठले टिप्पणी छन् ।
‘कामचलाउ सरकारको प्रमले अबैधानिक ढङ्गबाट गरेको मप पुनर्गठनमा उपप्रधानमन्त्री बनेका राजेन्द्र महतोले बोलेको भाषा जे भएपनि उनको मुक्ति सँग्राम सारतत्वमा नेपाललाई बिखण्डन गर्ने होइन भन्ने कुनै अधार छैन । देशभन्दा पद र सत्ता प्यारो ठान्ने कार्यकारी प्रमुखको कारण देश बर्बाद हुँदैछ, बचाऔं ।’
मन्त्रिपरिषद् पुर्नगठनपछि उपप्रधान तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेको केही क्षणमै एक अन्तवार्तामा उपप्रधानमन्त्री राजेन्द्र महतोले आफूले बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने भन्दै दिएको अभिव्यक्तिको चौतर्फि आलोचना भइरहेको छ ।
वि.सं.२०७८ जेठ २३ आइतवार ०८:४१ मा प्रकाशित






























