back
CTIZAN AD

वीरेन्द्रनगरबाट सात ग्राम ४५० मिलिग्राम ब्राउन सुगरसहित चार पक्राउ

वि.सं.२०७८ जेठ २३ आइतवार

648 

shares

२३ जेठ, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ब्राउन सुगरसहित चार जनालाई वीरेन्द्रनगर सुर्खेतबाट पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत गोदामलाइनस्थित सञ्चालनमा रहेको मिलन रेस्टुेरेन्टबाट होटल सञ्चालक महिलासहित चार व्यक्तिलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतको सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरुलाई ८१ पुरिया ब्राउन सुगरसहित शनिबार पक्राउ गरेको हो । प्रहरीका अनुसार होटलमा सल तथा फ्यानमा लुकाइछिपाइ राखेको अवस्थामा खोजतलास गर्दा ८१ पुरिया ९सात ग्राम ४५० मिलिग्राम० ब्राउन सुगर भेटिएको थियो ।

पक्राउ पर्नेमा अन्दाजी ५२ वर्षीया होटल सञ्चालक महिला विष्णुदेवी शाही, गुराँस गाउँपालिका–५ दैलखका २१ वर्षीया सरु शाही, वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेतका गौरव क्षेत्री र वडा नं ९ सुर्खेत निवासी प्रदीप खत्री रहेकोे बताइएको छ । त्यसका साथै पाँचवटा प्रयोग नभएको नाइट्रोभेट ट्याब्लेट र स्रोत नखुलेको विभिन्न दरका नेपाली र भारतीय नोट तथा रु पाँच लाख आठ हजार २०० बरामद गरी उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

वि.सं.२०७८ जेठ २३ आइतवार ०८:१३ मा प्रकाशित

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

मान्म (कालीकोट) । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा सामुदायिक विद्यालयमा ‘महिनावारी...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

सिमकोट (हुम्ला) । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा...

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

सिमकोट (हुम्ला) । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको...