back
CTIZAN AD

दोहोेरो अंकको बृद्धिसंगै नेप्सेमा ऐतिहासिक रेकर्ड

वि.सं.२०७८ जेठ २३ आइतवार

825 

shares

२३ जेठ, काठमाडौं । साताको पहिलो दिन आईतबार सेयर कारोबार मापक नेप्सेमा ऐतिहासिक रेकर्ड कायम भएको छ ।

आईतबार ५० दशमलब १४ बिन्दुले बढ्दै नेप्से समग्रमा २ हजार ९ सय ६ दशमलब १४ बिन्दुमा पुगेर रेकर्ड राखेको हो । त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि ७ दशमलब ८८ अंकले बढेर ५ सय २१ बिन्दुमा पुगेको छ ।

आज सूचिकृतमध्ये २१८ कम्पनीका १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५२४ रुपैंयाँ बराबरका ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता सेयर किनबेच भएको तथा तिनको कारोबारमा १ लाख ७१ हजार ६० पटक लेनदेन भएको नेप्सेले जनाएको छ ।

आजको बजारमा बैंक तथा बित्तिय संस्थामा लागनीकर्ता झुम्मिएका थिए । कमाई गर्नेहरुमा महिला लघुबित्त बित्तिय संस्था, गुडविल फाईनान्स लगायतका ७५ कम्पनी रहेका छन् । त्यस्तै राधी बिद्युत कम्पनी, दिब्येश्वरी हाईड्रो लगायत १०२ कम्पनीका लगानीकर्ता गुमाउनेमा परेका छन् । चार कम्पनीको सूचकमा कुनै पनि बदलाब आएन ।

सबैभन्दा बढी कारोबार नेपाल पूनर्बीमा कम्पनीले गरेको छ । उसले मात्र १ अर्ब २१ करोड रुपैंयाा भन्दा माथिको कारोबार गरेको छ ।

हेनुहोस् आजको बजारको स्थिति:

Symbol Current Chng Chng %
2,906.91 50.14 1.76
521.00 7.88 1.54
201.35 4.11 2.09
172.81 3.42 2.02
Symbol Current Chng Chng %
1,977.46 69.85 3.66
4,146.63 96.31 2.38
1,970.24 27.72 1.43
3,623.61 -18.98 -0.52
2,834.15 -46.83 -1.63
105.63 4.03 3.97
18,281.23 -125.40 -0.68
5,854.77 -67.28 -1.14
5,452.14 4.28 0.08
15.15 0.24 1.60
14,621.03 -82.07 -0.56
2,275.88 66.94 3.03
4,181.98 -43.28 -1.02

वि.सं.२०७८ जेठ २३ आइतवार १५:३१ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...