back
CTIZAN AD

प्रधानमन्त्री र पार्टी अध्यक्ष  दुबै छाडेको बक्तब्य आउनेमा माधव पक्षको बिश्वास

वि.सं.२०७८ जेठ २३ आइतवार

828 

shares

२३  जेठ, काठमाण्डौ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सन्ध्याकालिन प्रस्तावलाइ नयां झेल भएको मान्दै माधव पक्षले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट ओली हटनुपर्ने प्रस्ताव अघि सार्ने भएको छ ।

ओलीको ६ बुदे प्रस्तावका बारेमा संसारन्युजसंग प्रतिक्रिया दिंदै एमालेको माधवपक्षिय एक स्थायी समिति सदस्यले भने ‘ उहांको प्रस्ताव उहांलाइ नै प्रधानमन्त्रीमा टिकाइरहन पर्ने गरी आएको छ । यो खेल वा झेल जे पनि हुन सक्छ तर हामी लोकतन्त्रको सार्वभौमिकताबाट टसमस हुदैनौ । यदि उहां सांच्चिकै पार्टी एकताको पक्षधर हो भने उहांले आजै मध्यरातसम्म अर्को बक्तब्य दिनुपर्ने हुन्छ । ’

कस्तो बक्तब्य आउदा तपाइहरुको एकता संभव छ भन्ने अर्को जिज्ञासामा ति नेताले भर्ने ‘ पार्टी संचालनमा ब्यक्तिवादी स्वेच्छाचारीता, राज्यसंचालनमा माफियाहरुको अराजकता र प्रतिगमनका श्रृंखलाहरुका बारेमा उहांले सार्वजनिक आत्मालोचना गर्दै पार्टी र सरकारको नेतृत्वमा आफु अक्षम भएको स्विकार्नुपर्दछ र मार्गप्रशस्त गर्नु पर्दछ । ’
नेता योगेश भटराइहरुको सकरात्मक प्रतिक्रिया आयो नी भन्ने अर्को जिज्ञासामा उनले भने ‘ प्रधानमन्त्रीले यति भन्दा सकरात्मक भन्दिनुभएको होला तर उहां लगायत हामी सबैले लोकतन्त्र र बिधिको बिषय बटमलाइन त भनेकै छौ नी ’

प्रधानमन्त्री ओलीको प्रस्ताव अबेर सांझ सार्वजनिक भएपछि पनि माधव पक्षले औपचारिक प्रतिक्रिया बाहिर ल््याइसकेको छैन । स्थायी कमिटीका सदस्यबीच छलफल गरेर मात्र औपचारिक धारणा आउने देखिएको छ । नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै बिपक्षि गठबनधनद्धारा सर्र्वोच्च अदालतमा परेको रिटबाट माधव पक्षिय सांसदहरुको हस्ताक्षर फिर्ता लिने दाउमा ओलीको सो बक्तब्य आएको बिश्लेषण राजनैतिक बृत्तले गरेको बेला माधवपक्षको बार्गेनिंग बढेको देखिन्छ ।

वि.सं.२०७८ जेठ २३ आइतवार २३:०८ मा प्रकाशित

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...

व्वाइज होस्टलमा भएको कुटपिटबाट युवकको मृत्यु, एक किशोर पक्राउ

व्वाइज होस्टलमा भएको कुटपिटबाट युवकको मृत्यु, एक किशोर पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा...

आज यी चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...