back
CTIZAN AD

तपाईको आज सोमबारको राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त विशेष फाईदा !

वि.सं.२०७८ जेठ २४ सोमवार

792 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्नेछ। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आयआर्जनका स्रोत बढ्नेछन् र प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्न सक्छन्। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आफ्नो लाभांशमाथि अरूले दाबी गर्न सक्छन्।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
चिताएको काम छिटै सम्पादन हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। कीर्तिमानी काम गर्ने समय छ। सानो प्रयत्नले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिस्थितिवश केही समस्यामा अल्झनुपर्ने देखिन्छ। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। सम्भावना देखिए पनि ठूलो उपलब्धि प्राप्त नहुन सक्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। प्रयत्न गरे पनि तत्काल काम पूर्ण नहुन सक्छ। हल्लाको पछि लाग्दा दुःख पाइनेछ भने मिहिनेतले प्रतिफल दिलाउनेछ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। बेसुरको निर्णयले समस्या आउला। बलजफ्तीले काम बिग्रन सक्छ। परिस्तिथिवश काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले मन खिन्न बनाउला। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्ला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
पहिलेको सफलताले अवसर दिलाउनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। विगतका कमजोरी सुधार गर्ने मौका छ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। परिस्थितिवश सोचेको लाभ नमिल्न सक्छ। मनोरञ्जनमा अलमलिँदा काममा पछि परिनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। व्यवसायमा समेत फाइदा उठाउन समय पर्खनुपर्नेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत पर्ला। तापनि निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार आउनेछ। आफ्नो धनमाल सुरक्षामा भने विशेष ध्यान पुर्याउनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
निर्णायक मोडमा दुविधा उत्पन्न हुने हुँदा हतारमा निर्णय नलिनुहोला। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउला। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्नेछ। स्थायी सम्पत्तिमा विवाद आउन सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार हातलागी होला। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अवसर आए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। खर्च हुने डरले सताउन सक्छ। चिताएका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला। फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला। सम्पादित कामबाट केही धन लाभ हुनेछ। तर, विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने परिस्थिति आउन सक्छ।

२०७८ जेठ २४ गते, (सोमवार, ७ जुन)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज (आइतबार) को राशिफल भन्छ–आज यी पाँच राशिकालाई हुनेछ विशेष फाइदा !

 

वि.सं.२०७८ जेठ २४ सोमवार ०७:५६ मा प्रकाशित

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

काठमाडौँ । सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन...

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

बागमती । मकवानपुरको हेटौँडा नगरपालिका वडा नं ५ चिसापानी रङ्गपथस्थित...

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...