२४ जेठ, काठमाडौं । हाल देशैभरी पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ भने पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राती पनि पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन\चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ ।
वि.सं.२०७८ जेठ २४ सोमवार ०९:११ मा प्रकाशित






























