back
CTIZAN AD

देउवा र प्रचण्डलाई माधवको आश्वासन : हस्ताक्षर फिर्ता हुँदैन

वि.सं.२०७८ जेठ २४ सोमवार

687 

shares

जेठ २४, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको लागि भन्दै ६ बुँदे प्रस्ताव अगाडि सारेसँगै विपक्षी गठबन्धनमा फरक खालको तरंग सिर्जना गरेको छ । ओलीको प्रस्तावमा माधव समूहका प्रभावशाली नेताहरु नै सहमत देखिएपछि यस्तो तरंग पैदा भएको हो ।

ओलीको प्रस्तावलाई लिएर सोमबार बिहानैदेखि विपक्षी गठबन्धनका नेताहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच भेटवार्ता भएका थिए । नेताहरुबीच नेता नेपाल निवास कोटेश्वर, देउवा निवास बुढानिलकण्ठमा छुट्टा छुट्टै र समूहगत भेटवार्ता भएका थिए ।

ओलीले अगाडि सारेको ६ बुँदे प्रस्तावमा सर्वोच्च अदालतमा दायर रिटबाट हस्ताक्षर फिर्ता लिनुपर्ने पनि शर्त राखेका छन् । उनको शर्तमा केहि नेताहरुले स्वागत गरेको कारण विपक्षी गठबन्धनमा तरंग सिर्जना भएको हो ।

भेटवार्तामा माधव नेपालले हस्ताक्षर कुनै हालतमा फिर्ता नलिने विश्वास नेताहरुलाई दिलाएको कुरा निकट स्रोतले बताएको छ । बताइएअनुसार नेता नेपालले प्रतिनिधि सभा पुनःस्थापना आफ्नो पहिलो शर्त भएको बताएका छन् ।

यसैबीच माधव समूहले ओलीको प्रस्ताव चालबाजी पूर्णं भएको निष्कर्ष निकालेको छ । माधव समूहको स्थायी समिति बैठकले ओलीको प्रस्ताव झुक्याउन ल्याइएको भन्दै अस्वीकार गर्ने निर्णय गरेको छ ।

साथै समूहले यसअघि अगाडि सारेको ६ बुँदे प्रस्तावलाई समेटेर लिखित वक्तव्य जारी गर्ने निर्णय पपनि गरेको छ । नेता नेपालले गत वैशाख २६ मा पार्टी एकताका लागि भन्दै ६ बुँदे प्रस्तावसहित अध्यक्ष ओलीलाई पत्र पठाएका थिए ।

सम्बन्धित समाचार

नेपाल पक्षको निष्कर्ष : ओलीको प्रस्तावमा इमान्दारीता छैन

वि.सं.२०७८ जेठ २४ सोमवार १७:३७ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...