back
CTIZAN AD

विश्वासको मत लिँदै मुख्यमन्त्री भट्ट, एमालेले भट्टलाई मत दिने

वि.सं.२०७८ जेठ २५ मंगलवार

702 

shares

२५ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ । प्रदेशसभा बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत लिनका लागि प्रस्ताव पेश गरेका छन् ।

५२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक हुन्छ । प्रदेशसभामा मुख्यमन्त्री भट्टको दल नेकपा माओवादी केन्द्रका १३ संसद छन् । नेकपा एमाले सुदुरपश्चिम संसदीय दलको २५ सदस्यीय संसदीय दलमा ओली पक्षका ७ जना मात्र छन् । एमाले माधव पक्षले मतदान गर्ने निर्णय गरेसँगै मुख्यमन्त्री भट्टको पक्षमा स्पष्ट बहुमत बनेको छ । काँग्रेसले पनि आवश्यक पर्दा मत दिने गरी तटस्थ बस्ने निर्णय गरेको छ । प्रदेशसभामा काँग्रेसका १२ सांसद छन् भने जसपाका दुई सांसद छन् ।

एमालेले भट्टलाई विश्वासको मत दिने
नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
मंगलबार विहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीको पक्षमा मत दिने निर्णय गरेको हो ।

नेकपा (एमाले) केपी ओली पक्षले भने सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको विपक्षमा मतदान गर्न भन्दै संसदीय दललाई निर्देशन दिएको थियो ।

एमालेका प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाशबहादुर शाह र प्रमुख सचेतक दुर्गा विकलाई विपक्षमा मतदान गर्नका लागि ह्विप जारी गर्न निर्देशनसहित पत्र पठाएका थिए ।

सुदूरपश्चिममा एमालेको ओली र नेपाल समूहबीचको विवाद उत्कर्षमा छ । यही जेठ १० गते ओली समूहले माओवादी केन्द्रको नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा रहभागी भएका मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको थियो तर नेपाल समूहले भने प्रदेश संसदीय दलको बैठकले समर्थन कायम राख्ने निर्णय गरेको थियो ।

ओली पक्षले मुख्य मन्त्रीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिन लागेका हुन् ।

वि.सं.२०७८ जेठ २५ मंगलवार ११:०८ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...