back
CTIZAN AD

इडिसीद्वारा गाउँपालिकालाई रु पाँच लाखको स्वास्थ्य सामग्री सहयोग

वि.सं.२०७८ जेठ २५ मंगलवार

513 

shares

२५ जेठ, डोटी । जिल्लामा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको सम विकास केन्द्र इडिसीले यहाँको जोरायल गाउँपालिकालाई आज रु पाँच लाख १६ हजार ५०० बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

पछिल्लो समय उक्त गाउँपालिकामा रहेका नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेका कारण स्वास्थ्य सामग्री उपलब्ध गराएको संस्थाका वित्तीय अधिकृत कृष्णसुन्दर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बितरण गरिएका स्वास्थ्य सामग्रीमा मेडीसियन शय्या, इलेक्ट्रोनिक वाटर हिटर, पिपिइ सेट, पल्स अक्सोमिटर, ईलिक्ट्रिक वाटर हिटर, थर्मल गन, सर्जिकल मास्क, ग्लोब्स, सेनिटाईजर साबुन, ओडीलिन सर्जिकल मास्कलगायत स्वास्थ्य सामग्री रहेका छन् ।

कोभिड–१९ को दोस्रो लहरको महामारीले गाउँपालिकाका नागरिकलाई उपचारमा सहज होस् भन्ने उद्देश्यले प्रदान गरिएको स्वास्थ्य सामग्रीले कोरोना सङ्क्रमितको उपचार तथा रोकथाममा निकै सहज हुँने जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।

संस्थाले प्रदान गरेका स्वास्थ्य सामग्री गाउँपालिकामार्फत रहेका संस्थागत आईसोलेशन सेन्टर तथा गाउँपालिकाअन्तर्गत स्वास्थ्य संस्था स्वास्थ्य एकाई र प्राथमिकताका आधारमा अन्य वडाका स्वास्थ्यले समुदायका गरीब, दलित, विपन्न, महिलालाई प्राथमिकताको आधारमा वितरण गरिने अध्यक्ष ओझाले जानकारी दिए।

विश्वव्यापी महामारीकोरूपमा रहेको कोरोना सङ्क्रमणको महामारीको समयमा प्राप्त भएका सामग्रीले गाउँपालिकामा रहेका सङ्क्रमितको उपचारमा ठूलो सहयोग पुग्ने गाउँपालिकाका स्वास्थ्य संयोजक गोविन्द विष्टले बताए । उनले भने, “कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका स्वास्थ्य सामग्री पाएका छौँ, सङ्क्रमितको उपचारका लागि हामीलाई निकै हसज हुनेछ ।”
रासस

वि.सं.२०७८ जेठ २५ मंगलवार १३:५८ मा प्रकाशित

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार (सुर्खेत) । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...