३१ जेठ, काठमाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडले प्राथमिक कित्ता सेयर (आईपिओ) निस्कासन गर्ने भएको छ ।
उद्योगले आईतबार साधारण सभागरि आइपिओ निस्कासन गर्ने प्रस्ताब पारित गरेको हो ।
कम्पनीले परित गरेको प्रस्ताब अनुसार उसले करिब साढे तीन अर्ब रुपैंयाँको निस्कासन गर्ने प्रस्ताब गरेको छ ।
अहिले कम्पनीको १ अर्ब ७२ करोड ५० लाख रुपैंयाँ साँवा ऋण तथा ब्याज १ अर्ब ६६ करोड ९ लाख २० हजार २ सय रुपैयाँ गरि कूल ३ अर्ब ३८ करोड ५९ लाख २० हजार २ सय रुपैंयाँ बराबरको आईपिओ सर्बसाधारणका लागि जारी गर्ने विशेष प्रस्ताब कम्पनीका अध्यक्ष बलराम रिजालले गरेका थिए ।
साधारण सभाले अध्यक्षले राखेको सो विशेष प्रस्ताब पारित गरेको हो । कम्पनीले आईपिओ जारी गरि हालसम्म कम्पनीको नाममा रहेको ऋण चुक्ता गर्ने योजना अघिसारेको जनाइएको छ ।
साधारण सभाले कम्पनीको अधिृत पूँजी पनि ४ अर्बबाट बढाएर १० अर्ब पूर्याउने तथा उद्योगको प्रबन्धपत्र र नियमावलीमा समयानुकुल संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपूर सिमेन्ट उद्योग बि.सं.२०४४ सालमा उदयपूरको जलजलेमा स्थापना भएको सार्बजनिक संस्थान हो । यो उद्योगद्वारा उत्पादित गैंडाछाप सिमेन्टलाई उत्कृष्ट सिमेन्टको रुपमा लिइन्छ ।
कम्पनीले गत १४ बर्षदेखि गर्न नसकेको साभारणसभा कोभिड १९ को माहामारीकै बिच भर्चुअल रुपपमा आईतबार सम्पन्न गरेको हो ।
वि.सं.२०७८ जेठ ३१ सोमवार १६:५१ मा प्रकाशित


























