back

निरन्तर घट्दै कोरोना संक्रमित हुनेको संख्या, २४ घण्टामा थपिए २९१८ संक्रमित, ५३ जनाको मृत्यु

वि.सं.२०७८ जेठ ३१ सोमवार

165 

shares
RBB AD
NTC AD

३१ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका २९१८ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको ९,४३८ पिसीआर र ५३८१ ऐन्टिजेन गरी १४ हजार ८१९ नमुना परीक्षणमा २९१८ जना संक्रमित थपिएका हुन् ।

आज भक्तपुरमा ६६, ललितपुरमा १४५ र काठमाडौंमा ३९६ गरी उपत्यकामा आज ६०७ जनामा संक्रमण पुष्टि भएको छ ।

आज थपिएका २९१८ जनासँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या पिसीआर प्रविधिबाट गरिएको परीक्षणमा संक्रमित हुनेको संख्या ६ लाख १० हजार ४७२ पुगेको छ भने ऐन्टिजेन विधिबाट गरिएको परीक्षणमा २१,३३९ जना संक्रमति भएका छन् । दुवै विधिबाट परीक्षण गर्दा कूल संक्रमितको संख्या ६ लाख ३१ हजार ८६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी ५१४७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ५१४७ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५ लाख ३६ हजार २५२ पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको यो संख्या ८७.८ प्रतिशत रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका ५३ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ८,४६५ पुगेको छ ।

नेपालमा हाल ६५ हजार ८०४ जना संक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ६१ हजार १२२ जना र संस्थागत आइसोलेशनमा ४६८२ जना रहेका छन् ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ९९५ र भेन्टिलेटरमा ३२४ जनाको उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा २४०७ जनामा कोरोना संक्रमण ४६ जनाको मृत्यु

वि.सं.२०७८ जेठ ३१ सोमवार १७:०६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जेठ सातमा राष्ट्रिय संयुक्त संघर्ष समितिको प्रदर्शन

जेठ सातमा राष्ट्रिय संयुक्त संघर्ष समितिको प्रदर्शन

काठमाडौं । राष्ट्रिय संयुक्त संघर्ष समितिले आगामी जेठ सातमा जन...

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

गलकोट (बागलुङ) । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण...

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

मकवानपुर । जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमाआज बिहान सवारी दुर्घटना...

व्यक्ति केन्द्रित समिति गठन गर्न नहुने एमाले उपाध्यक्ष पोखरेलको भनाई

व्यक्ति केन्द्रित समिति गठन गर्न नहुने एमाले उपाध्यक्ष पोखरेलको भनाई

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले...

सञ्चालनमा आयो भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’

सञ्चालनमा आयो भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’

डोल्पा । त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा...

उत्पादन बढाउने उद्धेश्यले गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

उत्पादन बढाउने उद्धेश्यले गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

गोरखा । जिल्लाको गण्डकी गाउँपालिका–५ का १९ जना किसानलाई ५०...