३१ जेठ, काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा मुस्ताङका २, म्याग्दीका १, पर्बतका २, लमजुङका २, नवलपरासीपुर्वका ३, तनहुँ र कास्कीका १/१ गरी १२ जनाको निधन भएको हो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा प्रदेशमा ३४३ जना कोरोना संक्रमित थपिएका छन् । निर्देशनालयका अनुसार म्याग्दीमा ५, पर्वतमा ३८, गोरखाका ३०, लमजुङमा ३५, तनहुँमा ५, कास्कीमा ५८, बाग्लुङमा १२०, स्याङजामा १ र नवलपरासी पुर्वमा ५१ जनामा संक्रमण पुष्टि भएको छ । कूल संक्रमित ३४३ जनामा १७६ जना महिला र १६७ जना पुरुष रहेका छन् ।

वि.सं.२०७८ जेठ ३१ सोमवार १७:३२ मा प्रकाशित






























