३१ जेठ, काठमाडौं । कोरोना भाईरसको माहामारीका बिच पनि बिप्रेषण आप्रवाह १९ दशमलब २ प्रतिशतले बढेकोछ ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्बजनिक गरेको १० महिनाको देशको बर्तमान आर्थिक तथा बित्तिय स्थिति अनुसार बिप्रेषण आप्रवाह बढेर ८ खर्ब ९ अर्ब ८९ करोड पुगेको छ । गत बर्ष सोहि अबधिमा बिप्रेषण आप्रवाह ६ दशमलब ३ प्रतिशले घटेको थियो ।
विप्रेषण आप्रवाह बढे पनि वैदेशिक रोजगारीमा जाने कामदारहरुको अन्तिम श्रम स्विकृत भने ६० दशमलब ३ प्रतिशतले घटेको छ । गत बर्ष सोहि अबधिमा यो संख्या २ दशमलब ७ प्रतिशतले मात्र घटेको थियो । त्यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्विकृति लिने कामदारको संख्यामा पनि ४९ प्रतिशतले कमि आएको छ । गत बर्ष सोहि अबधिमा यो संख्यामा २४ दशमलब ६ प्रतिशतले कमी आएको थियो ।
१० महिनामा सोधनान्तर स्थिति घाटामा
नेपाल राष्ट्र बैंकले सार्बजनिक गरेको तथ्याङ्क अनुसार वैशाखसम्ममा सोधनान्तर स्थिति घाटामा रहेको छ । यो अबधिमा २ खर्ब ४७ अर्ब ८ करोडले सोधनान्तर स्थिति घाटामा रहेको छ । गत बर्ष सोहि अबधिमा चालु खाता ९६ अर्ब १८ करोडले घाटामा थियो ।
उता पूँजीगत ट्रान्सफर भने ११ दशमलब ५ प्रतिशतले बढेर १३ अर्ब ९२ करोड कायम भएकोे छ । गत बर्ष सोहि अबधिमा पूँजीगत ट्रान्सफर १२ अर्ब ४८ करोड कायम भएको थियो ।
त्यस्तै प्रत्यक्ष बैदेशिक लगानी पनि घटेको छ । गत बर्ष वैशाखमा प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ४२ करोड रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा १९ दशमलब २ प्रतिशतले कमी आई १४ अर्ब ८ करोड कायम भएको छ ।
वि.सं.२०७८ जेठ ३१ सोमवार १८:०६ मा प्रकाशित






























