back
CTIZAN AD

पछिल्लो २४ घण्टामा २४०७ जनामा कोरोना संक्रमण ४६ जनाको मृत्यु

वि.सं.२०७८ जेठ ३० आइतवार

780 

shares

३० जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका २४०७ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको ७५१७ पिसीआर र ४८८९ ऐन्टिजेन गरी १२,४०६ नमुना परीक्षणमा जना संक्रमित थपिएका हुन् । पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या बढीरहेको छ ।

आज भक्तपुरमा ५८, ललितपुरमा ११२ र काठमाडौंमा ४८३ गरी उपत्यकामा आज ६५३ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका २४०७ जनासँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या पिसीआर प्रविधिबाट गरिएको परीक्षणमा संक्रमित हुनेको संख्या ६ लाख ८ हजार ४७२ पुगेको छ भने ऐन्टिजेन विधिबाट गरिएको परीक्षणमा २०,४७० जना संक्रमति भएका छन् । दुवै विधिबाट परीक्षण गर्दा कूल संक्रमितको संख्या ६ लाख २८ हजार ९४२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी ३९९४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ३९९४ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५ लाख ३१ हजार १०५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका ४६ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ८,४१२ पुगेको छ ।

नेपालमा हाल ६८ हजार ९५५ जना संक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ४६ हजार ७४४ जना र संस्थागत आइसोलेशनमा ५२११ जना रहेका छन् ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ११०० र भेन्टिलेटरमा ३४७ जनाको उपचार भइरहेको छ । साथै हालसम्म संस्थागत क्वारेन्टिनमा ५४८ जना रहेका छन् ।

सबैभन्दा बढी संक्रमित बागमती प्रदेशमा
सातै प्रदेशमध्ये सबैभन्दा बढी संक्रमितहरु बागमती प्रदेश रहेका छन् । मन्त्रालयका अनुसार बागमती प्रदेशमा ३८ प्रतिशत, लुम्बिनी प्रदेशमा १६ प्रतिशत, प्रदेश नं १ मा १३ प्रतिशत, गण्डकी प्रदेशमा १० प्रतिशत, सुदूरपश्चिम प्रदेशमा ९ प्रतिशत र कर्णाली प्रदेशमा ५ प्रतिशत सक्रिय संक्रमित रहेका छन् । बागमती प्रदेशमा सबैभन्दा बढी संक्रमित रहेको जिल्ला काठमाडौं रहेको छ । काठमाडौंमा ३१.५ प्रतिशत, भक्तपुरमा १०.१ प्रतिशत र ललितपुरमा १२.८ प्रतिशत रहेको छ भने प्रदेशका अन्य जिल्लामा कूल १३.५ प्रतिशत संक्रमित रहेको तथ्यांक छ ।

४४ जिल्लामा ५०० भन्दा बढी संक्रमित
मन्त्रालयले ४४ जिल्लामा अझै पनि ५०० भन्दा बढी संक्रमित रहेको जनाएको छ । मन्त्रालयका अनुसार ४४ मध्येपनि सबैभन्दा बढी संक्रमित रहेका जिल्लामा १२.६ प्रतिशत संक्रमित, ललितपुरमा ५.३ प्रतिशत र रुपन्देहीमा ३.९, मोरङमा ३.८ प्रतिशत, भक्तपुरमा ३.७ प्रतिहत, कैलालीमा ३.२ प्रतिशत, धनुषामा २.८, दाङमा २.८, सिन्धुपाल्चोकमा २.७ र झापामा २.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो १४ दिनमा १४ जिल्लामा संक्रमण बढ्यो
मन्त्रालयका अनुसार पछिल्लो १४ दिनमा प्रदेश १ को उदयपुर, पाँचथर, तेह्रथुम, गण्डकी प्रदेशको नवलपरासीपूर्व, लुम्बिनी प्रदेशको रोल्पा, कर्णाली प्रदेशको हुम्ला, जुम्ला र रुकुमपश्चिम तथा सुदूरपश्चिमको डोटी र दैलेखमा अन्य जिल्लामा भन्दा बढी संक्रमित भइरहेको अवस्था छ ।

पुरुषहरु बढी संक्रमित
मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये पुरुषहरु बढी संक्रमित रहेको पाइएको छ । जसमा पुरुषहरु ६१ प्रतिशत संक्रमित भएका छन् भने ३९ प्रतिशत रहेका छन् । साथै सबैभन्दा बढी संक्रमित हुने उमेर समूह २० देखि ६० वर्षसम्म रहेको छ ।

संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढी, आज ३३८४ संक्रमित, ६२९५ संक्रमणबाट मुक्त

काठमाडौं उपत्यकामा फेरि थपियो निषेधाज्ञा, पसल खोल्न केहि सहज

 

वि.सं.२०७८ जेठ ३० आइतवार १७:३५ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...