१ असार, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल समुह निकट युवासँघ बागमती प्रदेश कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको अध्यक्ष पद वा प्रधानमन्त्री पदबाट राजिनामा दिनुपर्ने माग गरेको छ ।
‘एक व्यक्ति एक पदलाई कायम गरी अध्यक्ष तथा प्रधानमन्त्री कमरेड केपी ओलीलाई अध्यक्ष वा प्रधानमन्त्री पदबाट राजिनामा दिएर पार्टी एकताको पक्षनमा उभिन र आम कार्यकर्तामा पार्टी एकताको सन्देश प्रवाह गर्नका लागि जोडदार माग गर्दछौं ।’ मंगलबार उक्त कमिटीद्धारा मंगलबार जारी प्रेस वक्तव्य भनिएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ विरुद्धको खोप यथाशिघ्र व्यवस्था गरी नेपाली जनताको जीवन रक्षाको माग गरेको उक्त किमटीले पार्टी एकताका लागि पार्टी पदाधिकारी, स्थायी कमिटी, पोलिटव्युरो कमिटी, केन्द्रीय कमिटीलाई बिशेष अनुरोध गर्दै जनसंगठनहरु, युवा संघ लगायतले आ–आफ्नो ठाउँबाट दबाब दिन समेत अपिल गरेका छन् ।


वि.सं.२०७८ असार १ मंगलवार १५:२० मा प्रकाशित






























