back
CTIZAN AD

अविरल वर्षाका कारण पर्वतको सेतीवेणी बजार डुबानमाः १० घर विस्थापित

वि.सं.२०७८ असार १ मंगलवार

708 

shares

१ असार, पर्वत । अबिरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र शिला क्षेत्रमा रहेको बजार डुबानमा परेको छ ।

पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका६ सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिला र स्याङ्जातर्फको बजार डुबानमा परेको हो ।

कालीगण्डकीमा पानीको सतह २८ वर्षयताकै उच्च विन्दुमा पुगेपछि शिला र बजार पूर्णरुपमा डुबानमा परेको स्थानीयवासी तिलक पराजुलीले जानकारी दिएका छन् । उनका अनुसार आज बिहान ४ बजेदेखि बजार क्षेत्र डुबानमा पर्न थालेपछि १० घर विस्थापित बनेका छन् । ती १० घरमा रहेका सामान र मानिसलाई सुरक्षित स्थानमा सारिएको उनले बताए ।

नदीको बहाब उर्लिएर बजार क्षेत्रमै आइपुगेपछि व्यवसायीहरु सुरक्षित स्थानमा सामान सार्न व्यस्त छन् । “पवित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायतका सबै संरचना समेत डुबाएको छ”, पराजुलीले भने ।

No description available.

बजारवासीलाई संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबिन समेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधारहरु पनि पूर्ण रुपमा क्षति पुगेको उनले बताए। पानीको बहाब ह्वात्तै बढेपछि स्थानीयवासी रातभर जाग्राम बसेका थिए । कालीगण्डकी र सेती खोला दुवैको बहाब उच्च हुँदा समस्या भएको हो ।

मुलुककै सबैभन्दा ठूलो कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्गजा र गुल्मी जिल्लाको सिमानामा पर्ने सेतीबेणी बजार डुबानको खतरामा पर्ने गरेको हो । सेतीबेणी बजार डुबानको खतरा बढेपछि पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्गजातर्फको बजार क्षेत्रमा झण्डै २०० व्यापारी तथा सर्वसाधारण त्रसित बनेका हुन् ।

No description available.

विगत ११ वर्षअघि कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा तीन दर्जन घरपरिवार बिस्थापित बनेका थिए । विसं २०६६ असोज २१ मा बजार क्षेत्र नै डुबानमा परेको घटनाले उनीहरुमा सधैँभर त्रास थप्ने गरेको स्थानीय व्यावसायी विष्णु न्यौपानेले बताए। कालीगण्डकीमा पानीको सतह बढेपछि कालीगण्डकी ‘ए’ को बाँधका सबै ढोका खोल्न लगाइएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् ।

वि.सं.२०७८ असार १ मंगलवार १५:२५ मा प्रकाशित

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले बारा जिल्लामा बलात्कारपछि हत्या...

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद थप चर्किँदै गएपछि १५...

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मुस्ताङ भ्रमणलाई लिएर...

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता...