back
CTIZAN AD

कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित, यामलाल कँडेलकाे याेजना फेरि बन्याे असफल

वि.सं.२०७८ असार १ मंगलवार

855 

shares

असार १, काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नीति तथा कार्यक्रम पारित गरियोस् भनी गरेको प्रस्ताव बहुमतले पारित भएको सभामुख राजबहादुर शाहीले प्रदेश सभामा घोषणा गरेका थिए।

योसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ ।

यामलाल कँडेल फेरि असफल भए

यसअघि विपक्षी एमालेले आफ्ना सांसदहरु विपक्षी रोमा बस्नुपर्ने माग गर्दै संसद अवरुद्ध गर्ने चेतावनी दिएको थियो । साथै एमालेले नीति तथा कार्यक्रमको विपक्षमा मत दिन ह्वीप जारी गरेको थियो ।

तर, एमालेको ह्वीपलाई एमालेकै सांसदहरु मान्न तयार भएनन् । साथै सरकारमा सहभागी मन्त्रीहरु विपक्षीको रोमा बस्न तयार भएनन् । एमालेकै सांसदहरु संसदीय दलको ह्वीप मान्न तयार नभएसँगै संसदीय दलका नेता यामलाल कँडेल संसद सञ्चालन गर्न दिन बाध्य भएका थिए । उनले संवैधानिक बाध्यताका कारण संसद सञ्चालनमा सहयोग गरेको बताएका छन् ।

योसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ । आज नै बजेट प्रस्तुत गरिँदै छ ।

वि.सं.२०७८ असार १ मंगलवार १७:१४ मा प्रकाशित

आज यी चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...