back

कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित, यामलाल कँडेलकाे याेजना फेरि बन्याे असफल

वि.सं.२०७८ असार १ मंगलवार

219 

shares
RBB AD
NTC AD

असार १, काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नीति तथा कार्यक्रम पारित गरियोस् भनी गरेको प्रस्ताव बहुमतले पारित भएको सभामुख राजबहादुर शाहीले प्रदेश सभामा घोषणा गरेका थिए।

योसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ ।

यामलाल कँडेल फेरि असफल भए

यसअघि विपक्षी एमालेले आफ्ना सांसदहरु विपक्षी रोमा बस्नुपर्ने माग गर्दै संसद अवरुद्ध गर्ने चेतावनी दिएको थियो । साथै एमालेले नीति तथा कार्यक्रमको विपक्षमा मत दिन ह्वीप जारी गरेको थियो ।

तर, एमालेको ह्वीपलाई एमालेकै सांसदहरु मान्न तयार भएनन् । साथै सरकारमा सहभागी मन्त्रीहरु विपक्षीको रोमा बस्न तयार भएनन् । एमालेकै सांसदहरु संसदीय दलको ह्वीप मान्न तयार नभएसँगै संसदीय दलका नेता यामलाल कँडेल संसद सञ्चालन गर्न दिन बाध्य भएका थिए । उनले संवैधानिक बाध्यताका कारण संसद सञ्चालनमा सहयोग गरेको बताएका छन् ।

योसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ । आज नै बजेट प्रस्तुत गरिँदै छ ।

वि.सं.२०७८ असार १ मंगलवार १७:१४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कीर्तिपुर बस दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

कीर्तिपुर बस दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा एक जनाको...

कील विश्वविद्यालय, बेलायत र ग्रिनतारा नेपालद्धारा डेङ्गु अनुसन्धानमा राष्ट्रिय कार्यशाला

कील विश्वविद्यालय, बेलायत र ग्रिनतारा नेपालद्धारा डेङ्गु अनुसन्धानमा राष्ट्रिय कार्यशाला

पिमला न्यौपाने काठमाडौं । कील विश्वविद्यालय, बेलायत र ग्रिनतारा नेपालको...

प्रतिनिधिद्वारा देवघाटलाई प्रमुख तीर्थस्थलका रुपमा विकास गर्न माग

प्रतिनिधिद्वारा देवघाटलाई प्रमुख तीर्थस्थलका रुपमा विकास गर्न माग

दमौली (तनहुँ) । तनहुँको देवघाटलाई प्रमुख तीर्थस्थलका रुपमा विकास गर्नका...

नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै

नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै

काठमाडौँ । आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल...

बागमती प्रदेशमा ११ हजार डेङ्गु सङ्क्रमित

बागमती प्रदेशमा ११ हजार डेङ्गु सङ्क्रमित

बागमती । बागमती प्रदेशमा पछिल्लो समय डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै...

नेप्से र कारोबार दुवै घट्यो

नेप्से र कारोबार दुवै घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...