१ असार, तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले तीनदिनसम्म भारी वर्षाका साथै बाढी पहिरोको उच्च जोखिम रहेको भन्दै जिल्लावासीलाई सर्तक रहन अनुरोध गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाद्धारा असार १, २ र ३ गतेसम्म भारी वर्षाहुने सूचना जारी गरेपछि जिल्लावासीलाई सर्तकता अपनाउन अनुरोध गरेको हो ।
सूचनामा बाढी पहिरो र डुबान हुने क्षेत्रमा नजान, नदी खोलाहरुमा पौडी खेल्न, माछा मार्न तथा दाउरा संकलन गर्न नजान अनुरोध गरेको छ ।
त्यसैगरी सेती मादी लगायतका अन्य खोलाको छेउछाउमा नजान तथा कुनै विपद् आएमा जिल्ला आपतकालिन् संचालन केन्द्रको ०६६–५६११६१ नम्बरमा फोन गर्न समेत जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
.jpg)
वि.सं.२०७८ असार १ मंगलवार १७:१३ मा प्रकाशित






























