back
CTIZAN AD

कोरोनाबाट आज देशैभरी २७४५ संक्रमित, ४१ जनाको मृत्यु

वि.सं.२०७८ असार १ मंगलवार

774 

shares

१ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका २७४५ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको ७४४९ पिसीआर र ५८४१ ऐन्टिजेन गरी १३ हजार २९० नमुना परीक्षणमा २७४५ जना संक्रमित थपिएका हुन् ।

आज भक्तपुरमा १६, ललितपुरमा ७४ र काठमाडौंमा ४५५ गरी उपत्यकामा आज ५४५ जनामा संक्रमण पुष्टि भएको छ ।

आज थपिएका २७४५ जनासँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या पिसीआर प्रविधिबाट गरिएको परीक्षणमा संक्रमित हुनेको संख्या ६ लाख १२ हजार २०२ पुगेको छ भने ऐन्टिजेन विधिबाट गरिएको परीक्षणमा २२,४०३ जना संक्रमति भएका छन् । दुवै विधिबाट परीक्षण गर्दा कूल संक्रमितको संख्या ६ लाख ३४ हजार ६०५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी ४१८७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ४१८७ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५ लाख ४० हजार ४३९ पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको यो संख्या ८८.२ प्रतिशत रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका ४१ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ८,५०६ पुगेको छ ।

नेपालमा हाल ६३ हजार २५७ जना संक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ५८ हजार ८६८ जना र संस्थागत आइसोलेशनमा ४३८९ जना रहेका छन् ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ९६७ र भेन्टिलेटरमा २८५ जनाको उपचार भइरहेको छ । सोमबारको तुलनामा मंगलबार आइसीयु र भेन्टिलेटरमा रहनेको संख्यामा कमी आएको छ ।

निरन्तर घट्दै कोरोना संक्रमित हुनेको संख्या, २४ घण्टामा थपिए २९१८ संक्रमित, ५३ जनाको मृत्यु

वि.सं.२०७८ असार १ मंगलवार १७:३७ मा प्रकाशित

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...

व्वाइज होस्टलमा भएको कुटपिटबाट युवकको मृत्यु, एक किशोर पक्राउ

व्वाइज होस्टलमा भएको कुटपिटबाट युवकको मृत्यु, एक किशोर पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा...

आज यी चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...