२ जेठ, काठमाडौं । नेपाल तरुणदलका अध्यक्ष जित जङ्ग बस्नेतले केहीदिनयता देशैभरी परेको अविरल वर्षाका कारण भएको मानविय तथा भौतिक क्षतिमा दुःख व्यक्त गर्दै जिल्ला एवं स्थानीय तहका सम्पूर्ण तरुण युवाहरुलाई पीडितहरुको उद्धार तथा राहत वितरण कार्यमा जुट्न अपिल गरेका छन् ।
यस्तो अवस्थामा आफ्नो जिल्ला, क्षेत्रमा हुन् सक्ने विपद जोखिमको पूर्वानुमान गरी सचेत रहन र अरुलाई पनि सचेत गराउन, जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, उद्धार र राहत वितरण कार्यमा जुट्न समेत सबैलाई अपिल गरेका हुन् ।
‘साथै यस विपदका बेला कार्य गर्ने सुरक्षा निकाय, जिल्ला प्रशासन, स्थानीय तह, जनप्रतिनिधि, रेडक्रस लगायतका सामाजिक संघ संस्थाहरु एवं मातृपार्टी र अन्य भातृसंगठन संग पनि आवश्यक समन्वय सहकार्य गर्न निर्देशन सहित यो परिपत्र गरिन्छ ।’ बस्नेतद्धारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ ।
वि.सं.२०७८ असार २ बुधवार १२:१५ मा प्रकाशित






























