back
CTIZAN AD

पछिल्लो २४ घण्टामा देशैभरी थपिए २८२८ कोरोना संक्रमित, ५२ जनाको मृत्यु

वि.सं.२०७८ असार २ बुधवार

753 

shares

२ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका २८२८ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको ८६८७ पिसीआर र ८१४ ऐन्टिजेन गरी १३ हजार २२ नमुना परीक्षणमा २८२८ जना संक्रमित थपिएका हुन् ।

आज भक्तपुरमा ७९, ललितपुरमा ६६ र काठमाडौंमा ३५४ गरी उपत्यकामा आज ४९९ जनामा संक्रमण पुष्टि भएको छ ।

आज थपिएका २८२८ जनासँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या पिसीआर प्रविधिबाट गरिएको परीक्षणमा संक्रमित हुनेको संख्या ६ लाख १४ हजार २१६ पुगेको छ भने ऐन्टिजेन विधिबाट गरिएको परीक्षणमा २३,२१७ जना संक्रमति भएका छन् । दुवै विधिबाट परीक्षण गर्दा कूल संक्रमितको संख्या ६ लाख ३७ हजार ४३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी ३०८२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ३०८२ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५ लाख ४३ हजार ५२१ पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको यो संख्या ८८.५ प्रतिशत रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका ५२ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ८,५५८ पुगेको छ ।

नेपालमा हाल ६२ हजार १३७ जना संक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ५७ हजार ८२६ जना र संस्थागत आइसोलेशनमा ४३११ जना रहेका छन् ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ९०२ र भेन्टिलेटरमा २७९ जनाको उपचार भइरहेको छ ।

 

वि.सं.२०७८ असार २ बुधवार १६:५२ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...