back
CTIZAN AD

झलनाथ खनालको नामबाट दिइएको विज्ञप्ती नै ‘फेक’ !

वि.सं.२०७८ असार २ बुधवार

912 

shares

असार २, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले स्वास्थ्य उपचारका लागि दिल्ली जानुअघि जारी गरेको विज्ञप्ती नै फेक भएको कुरा नेता माधवकुमार नेपाल पक्षले बताएको छ ।

माधव पक्षीय नेता जगनाथ खतिवडाका अनुसार उक्त विज्ञप्ती खनालले निकालेका होइनन् । उनको हस्ताक्षर र नाम दुरुपयोग गरि निकालिएको हो ।

श्वास प्रश्वासको निकै समस्यामा रहेका खनालले त्यस्तो विज्ञप्ती निकाल्न नसक्ने खतिवडाले बताएका छन् । ‘स्वदेशमा उपचार नहुने परिस्थितिमा बिदेशमा उपचार गर्न जानुभएका क। झलनाथ खनालको नाममा उहाँ को हस्ताक्षर दुरुपयोग गरी बक्तब्य जारी गर्नु निकै नै दुखद छ, यो षडयन्त्र हो, श्वास प्रश्वासमा समेत गारो भैरहेको अबस्थामा झलनाथ खनाल ले यस्तो बक्तब्य लेख्ने कल्पना गर्न सकिँदैन’, उनले भनेका छन् ।

खतिवडाका अनुसार विज्ञप्तीमा उल्लेखित विचार नेता खनालको विचारसँग मेल खाँदैनन् । ‘व्यक्तव्यमा उल्लेखित विचार कमरेड झलनाथ खनालको विचारसँग मेल खाँदैन’, खतिवडाले भनेका छन् ।

खतिवडाले बताएअनुसार सार्वजनिक वक्तव्य खनाल जहाजमा चढिसकेपछि सार्वजनिक भएकाे हाे ।

No description available.

बुधबार स्वास्थ्य उपचारका लागि दिल्ली जानुअघि नेता खनालको नामबाट पार्टी एकताको लागि आव्हान गर्दै विज्ञप्ती जारी गरिएको थियो । उनको नामबाट जारी विज्ञप्तीमा सबै नेता तथा कार्यकर्तालाई रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टी एकताबद्ध पार्न आव्हान गरिएको छ ।

‘एकता सफलताको बाटो हो भने फुट विनासको । त्यसैले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टी वैधानिक प्रक्रियाअन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न म सबै नेता कार्यकर्ताहरुलाई विशेष आहृवान गर्न चाहन्छु,’ खनालको नामबाट जारी विज्ञप्तीमा भनिएको छ ।

बुधबार दिउँसो एमालेका नेता ईश्वर पोखरेलले नेता खनाललाई नर्भिक अस्पतालमै पुगेर भेटेका थिए । पोखरेलले भेटे लगत्तै विज्ञप्ती सार्वजनिक भएको थियो ।

विज्ञप्ती झलनाथ खनालको आधिकारिक फेसबुक पेजमा समेत छ ।

यस्ताे छ खनालकाे नामबाट जारी विज्ञप्ती

सम्बन्धित समाचार

स्वास्थ्य उपचारका लागि दिल्ली हिँडेका झलनाथको चिन्ता पार्टी एकताप्रति

वि.सं.२०७८ असार २ बुधवार १७:०५ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...