back
CTIZAN AD

बाढीपहिरोका कारण पर्वतका ५० घरपरिवार विस्थापित (विवरणसहित)

वि.सं.२०७८ असार २ बुधवार

606 

shares

२ असार, पर्वत । यहाँका विभिन्न बस्तीमा अविरल वर्षाले आएको बाढीपहिराबाट घरमा क्षति पु¥याएको र जोखिममा रहेका झण्डै ५० घरपरिवार विस्थापित भएका छन् । प्रहरीले जिल्लाभरको क्षतिको विवरण सङ्कलन भइरहेको जनाएको छ ।

बाढीले जलजला गाउँपालिका–८ लस्ती र फर्सेका १८ घरपरिवार विस्थापित बनेका छन् । बस्तीभन्दा माथिबाट निरन्तर झरेको पहिराका कारण १८ घरपरिवारलाई मङ्गलबारदेखि नै सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष हरिविकास जिसीले जानकारी दिए । यसैगरी वडा नं ७ धाइरिङमा दुई घर विस्थापित बनेको गाउँपालिकाले जनाएको छ ।

यस्तै महाशिला गाउँपालिका–८ घरपरिवार विस्थापित बनेका छन् । गाउँपालिकाका प्रवक्ता जीवन उचै ठकुरीका अनुसार त्यहाँ आठ घर विस्थापित भएका छन् । उहाँका अनुसार वडा नं १ होश्राङदीको अर्गाउदीका पहलसिङ गुरुङको परिवार विस्थापित भएको छ । पाँच सदस्य रहेको उक्त परिवारलाई स्थानीयवासी लक्ष्मीदय आधारभूत विद्यालयमा सारिएको छ ।

वडा नं ३ बालाकोटको हिरुखर्कमा तीन सदस्य रहेको धनबहादुर आलेको परिवारलाई छिमेकीको घरमा, वडा नं ५ लुङ्खु देउरालीको ढाडाखर्कमा पाँचजना परिवार सदस्य रहेको आसबहादुर गुरुङको परिवारलाई छिमेकीको घरमा र सोही ठाउँका टेकराम गुरुङको परिवारलाई पनि छिमेकीको घरमा आश्रय दिइएको छ ।

यस्तै वडा नं २ भोक्सिङमा दुई घर, वडा नं ५ लङ्खुका तीन घर र वडा नं ४ पाखापानीका दुई घर गरी कूल आठ घर विस्थापित बनेका हुन् । वर्षा नरोकिएकाले अझै ठूलो क्षति हुनसक्ने उनले बताए ।

यसैगरी फलेवास नगरपालिका–३ शङ्करपोखरीको रुग्दीमा पनि स्थानीयवासी बुद्धिसागर रेग्मीको घर उच्च जोखिममा परेको छ । घरको तल्लो भागबाट घरको भित्तासम्मै पुगेको पहिराका कारण घर बग्ने खतरामा परेको हो । वर्षा भएका बेलामा घरमा बस्न नै खतरा भएकाले वर्षाको बेलामा छिमेकीकामा आश्रय दिनुपर्ने अवस्था आएको रेग्मीले बताए ।

वर्षाकै कारण विश्वकै ठूलो शालिग्राम शिला रहेको सेतीवेणी पनि डुबानमा परेको छ । पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा रहेको जिल्लाको बिहादी गाउँपालिका–६ मा रहेको सेतीवेणी बजार डुबानमा पर्दा त्यहाँका १० घर विस्थापित भएका छन् ।

त्यसैगरी कुश्मा नगरपालिका–११ पकुवामा पनि ठूलो भागमा पहिरो गएकाले केही घर जोखिममा रहेको स्थानीयवासी दया सुवेदीले जानकारी दिए ।

मोदी गाउँपालिका–२ देउपुरमा आठ र वडा नं १ भुकताङ्लेमा एक घर जोखिममा परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान क्षेत्रीले जानकारी दिए । वडा नं ४ क्याङको ज्यामिरेमा एक घरमा पूर्ण क्षति पुगेको छ । परिवारलाई छिमेकीकामा आश्रय दिएर सारिएको छ । त्यसैगरी वडा नं ८ चित्रेमा दुई घर विस्थापित बनेका छन् ।

पहिराका कारण जिल्लाभरका खोलानालामा बाढी आएको छ भने अधिकांश सडक अवरुद्ध बनेका छन् । त्यसैगरी खेतीयोग्य जमीनहरु समेत पहिराले पुरिएको स्थानीय तहहरुले जनाएका छन् । जिल्ला प्रहरी कार्यालयले जिल्लाभरि बाढी पहिराले क्षति भए पनि अहिलेसम्म मानवीय क्षति भने नभएको जनाएको छ । क्षतिको विवरण सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ ।

 

वि.सं.२०७८ असार २ बुधवार १७:०६ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

काठमाडौँ । सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश,...