असार २, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि (बिहिबार) बस्ने भएको छ । बैठक पार्टी कार्यालयमा सानेपामा बस्ने जनाइएको छ ।
कांग्रेस केन्द्रीय समिति सदस्य डा. डिला संग्रौलाका अनुसार पछिल्लो राजनीतिक घटनाक्रम र महाधिवेशनबारे छलफल गर्न बैठक बोलाइएको हो । उनका अनुसार बैठकमा बाढी पहिरोले भएको धनजनको क्षति र राहतको विषयमा पनि छलफल हुनेछ ।
पार्टी सभापति देउवाले आगामी भदौमा महाधिवेशन गर्ने मिति तय गरेका थिए । बैठकमा उक्त मितिमा कसरी महाधिवेशन सक्ने भन्नेबारे छलफल हुने जनाइएको छ ।
वि.सं.२०७८ असार २ बुधवार १६:२३ मा प्रकाशित






























