back
CTIZAN AD

उपचारका लागि दिल्ली जाँदाजाँदै वरिष्ठ नेता खनालले भावुक हुँदै गरे यस्तो अपिल

वि.सं.२०७८ असार २ बुधवार

798 

shares

२ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा  नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल स्वास्थ्योपचारका लागि दिल्ली गएका छन् ।

सामान्य ज्वरो आएर नर्भिक अस्पतालमा भर्ना भएका नेता खनालको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि भारतको राजधानी दिल्लीतर्फ लागेका छन् ।

राजनैतिक दलहरुबीचको विवाद तथा धु्रविकरणले विभाजन उन्मुख भएको देशको बर्तमान राजनीतिक अवस्थाप्रति चिन्तित हुँदै नेता खनालले राष्ट्रिय एकता–अखण्डता–लोकतन्त्र र स्थायीत्वको खम्बाको रुपमा रहेका दलहरुभित्र यस्तो हुनु देश, जनता, लोकतन्त्र, विकास र समृद्दिको निम्ति दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

‘त्यसैले देशका प्रमुख दलहरु र तिनका नेताहरु बीचको अनावस्यक टकराव, महत्वकांक्षा र व्यक्तिगत इगो साँध्ने कार्य यथाशिघ्र अन्त्य गरिनुपर्छ । हामी सबै एकजुट भएर मुलुकको मुलभुत समस्याहरु हल गर्नुपर्दछ भन्ने कुरामा म सबैलाई आग्रह गर्न चाहान्छु ।’ नेता खनालद्धारा जारी विज्ञिप्तमा जनाइएको छ ।

नेता खनालले एकता सफलताको बाटो र फुट विनासको बाटो रहेकोले रिस, अहंकार, र बदलाभाव त्यागेर पार्टीको बैद्यानिक प्रक्रिया अन्तर्गत यो पार्टी फुटबाट जोगाउने तथा एकताबद्ध पार्न समेत सबैमा अनुरोध गरेका छन् ।

वि.सं.२०७८ असार २ बुधवार १५:४६ मा प्रकाशित

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौँ । नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको...

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

हेटौँडा (मकवानपुर) । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता...

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।...

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु...

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...