back
CTIZAN AD

सङ्क्रमणदर बालबालिकामा उच्च हुने प्रक्षेपण गरिएपछि पनौतीमा बालबालिकाका लागि आइसोलेशन कक्ष बनाइँदै

वि.सं.२०७८ असार ३ बिहीवार

531 

shares

३ असार, काठमाडौँ । आउँदो केही महिनामा कोभिड–१९ को सङ्क्रमणदर बालबालिकामा उच्च हुने प्रक्षेपण गरिएका रिपोर्ट आउन थालेपछि पनौती नगरपालिकाले बालबालिकाका लागि यही असारमै आइसोलेशन निर्माण थालेको छ । नगरपालिकाले वडा नं ४ कार्यालयमा हाललाई ३० शय्याको आइसोलेशन बनाउन थालेको हो ।

स्थानीय रोटरी नेपालसँगको सहकार्यमा अक्सिजनसहितको आइसोलेशन बनाउन थालिएको नगरप्रमुख भीमप्रसाद न्यौपानेले बताउनुभयो । “सम्भावित दुर्घटनाबाट बालबालिकालाई जोगाउन अहिल्यै पूर्वतयारीस्वरुप आइसोलेशन बनाउन थालेका हौँ”, उनले भने । उनका अनुसार तत्कालीन अवस्थामा आवश्यकता परे वैकल्पिक व्यवस्थापनका लागि समेत नगरपालिकामा छलफल भइरहेको छ ।

नगरपालिकाले कोरोनाको दोस्रो लहर शुरु भएपछि वैशाख अन्तिम साता २५ शय्याको अक्सिजनसहितको आइसोलेशन व्यवस्थित गरेको थियो । पनौतीमा हाल ८० महिलासहित १५८ कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् भने दुई दर्जन बढीको मृत्यु भएको छ ।

जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र ९डिसीसीएमसी०ले गत जेठ अन्तिम साता आउँदो केही महिनामा कोभिड–१९ को सङ्क्रमणदर बालबालिकामा उच्च हुने प्रक्षेपण गरिएअनुसार जिल्लास्थित अस्पताललाई २०५ शय्या छुट्याउन लगाउने निर्णय गरेको छ ।

धुलिखेल अस्पताल, मेथिनकोट अस्पताल, बनेपास्थित शिरमेमोरियल र भोमी अस्पताललगायतलाई प्रारिम्भक चरणका २०५ शय्या छुट्याउन अनुरोध गरिने केन्द्र सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए । उनका अनुसार प्रक्षेपणअनुसार बालबालिकामा सङ्क्रमण फैलिए स्थानीय तहलाई समेत बालबालिकाका लागि छुट्टै अक्सिजनसहितको आइसोलेशनकक्ष निर्माण गर्न लगाइनेछ ।

यसैबीच जिल्लामा केही दिनदेखि सङ्क्रमणदर घटेको र सङक्रमणमुक्त हुनेको सङ्ख्या बढेको केन्द्रको तथ्याङ्कले देखाएको छ । पछिल्लो २४ घण्टामा ४९ मा कोरोना सङ्क्रमण पुष्टि भयो भने २०५ सङ्क्रमणमुक्त भएका हुन् । अघिल्लो दिन ३४ व्यक्तिमा कोरोना सङ्क्रमण देखियो भने ८८ सङ्क्रमणमुक्त भएका थिए । पछिल्लो केही दिनदेखि जिल्लामा मृत्युदर सङ्ख्या शून्यमा ओर्लिरहेको केन्द्रको तथ्याङ्कले देखाएको छ । हालसम्म यहाँ १५८ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

हाल जिल्लामा एक हजार ३६९ सक्रिय सङ्क्रमितमध्ये बनेपामा २५३, धुलिखेलमा २७२, पाँचखालमा ८३, नमोबुद्धमा ८७, मण्डनदेउपुरमा ११२ तथा रोशी गाउँपालिकामा ८४, चौँरीदेउरालीमा ५५, तेमालमा १५, भुम्लु १०६, खानीखोलामा २४, बेथानचोकमा १६ र महाभारतमा १०४ सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनाएको छ ।

वि.सं.२०७८ असार ३ बिहीवार १३:२९ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...