back
CTIZAN AD

अविरल वर्षाले संरचनादेखि निजी क्षेत्रमा क्षति पुर्याउँदा लाखौँको नोक्सान

वि.सं.२०७८ असार ६ आइतवार

672 

shares

६ असार , सिमकोट । पाँच दिनदेखि लगातार परेको अविरल वर्षाले जिल्लामा सार्वजनिक संरचनादेखि निजी क्षेत्रमा क्षति पुग्दा लाखौँको नोक्सान भएको छ ।

वर्षाले शनिबार रातिसम्म जिल्लाका विभिन्न गाउँपालिकामा पाँचवटा घरमा पूर्ण क्षति पुगेको छ भने १६ वटा घरमा आंशिक क्षति पुर्याएको जानकारी आएको छ ।

वर्षाले खार्पुनाथ गाउँपालिका–१ घण्टवीर बुढाको तीनतले पाँचकोठे घर र खार्पुनाथ–१ देउखुरी गाउँका लोकेश जैशीको माथिबाट आएको पहिराले घरमा पूर्ण क्षति गरेको छ । पहिरोले मानवीय क्षति भने नभएको बताइएको छ । त्यस्तै सिमकोट गाउँपालिका–२ ठेहेगाउँका वीरजीत सुनारको एकतले जस्ताले छाएको तीनकोठे घर र वडा नं ३ वरगाउँका याङसु लामाको तीनतले छकोठे कच्ची घरमा पूर्ण क्षति भएको बताइएको छ ।

यस्तै वर्षाले सर्केगाड गाउँपालिका–७ रोडिकोड गाउँका कलम सार्कीको तीनतले सातकोठे घरमा पूर्ण क्षति गरेको खबर आएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले बताए । जिल्लाभर २१ वटा घरमा आंशिकदेखि पूर्ण क्षतिको खबर आएको भए पनि कति क्षति गरेको भन्ने जानकारी नआएको उनले बताए ।

जिल्लाको खार्पुनाथ, सिमकोट र सर्केगाड गाउँपालिकामा लगातारको वर्षाले बढी क्षति पुगेको खबर आएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । यस्तै हिल्दुम जाने बाटोमा रहेको सिमकोट तल्लो गाउँमा कुला रावतसहित गरी चार जनाको घरमा जोखिम पुगेको छ ।

घर नजिकै बाटो भएकाले बाटो मुनिबाट माटो खनिएकाले घरमा जोखिम बढेको बताइएको छ । यसैगरी खार्पुनाथ गाउँपालिका–५ दुर्पाको मारघोरमा जाने बाटो वर्षाले पूर्ण भत्काएको जानकारी प्राप्त भएको छ । बाटो भत्किँदा आवतजावतमा समेत समस्या बनाएको दुर्पाका स्थानीयवासी देवी सिंहले बताइन् ।

सरकारी तथा सार्वजनिक भौतिक संरचनामा क्षति

यस्तै चार स्थानमा सरकारी तथा सार्वजनिक भौतिक संरचनामा क्षति पुर्याएको छ । वर्षाले नाम्खा–१ तारुक खोलामा रहेको फलामको ट्रसब्रिज पुललाई माथिबाट आएको बाढीले पूूर्ण क्षति गरेको छ । सोही वडाको हेप्काखोलामा रहेको काठको पुललाई समेत माथिबाट आएको बाढीले बगाउँदा पूर्णरूपमा क्षति गरेको प्रहरी नायब उपरीक्षक शर्माले बताए ।

खार्पुनाथ–५ मा रहेको लुमघट्टे खोला लघुजलविद्युत् आयोजनाको एक थान पाइप बगाएको छ भने सोही गाउँपालिकाको वडा नं ५ को दुर्पामा रहेको मालिका देवी दूधकुण्ड बाख्रापालन युवा बेरोजगार कृषि समूहको निर्माणाधीन तीनतले भवन भत्किएको बताइएको छ । यस्तै सर्केगाड–७ रोडिकोडमा रहेको ढापार सिँचाइ योजनाको निर्माणाधीन १५० मिटर कुलो भत्किएको छ ।

खर्कमा पशुवस्त मरेर लाखौँको नोक्सानी

जिल्लाको सिमकोटको गोडामौला भन्ने खर्कमा वर्षाले पशुवस्तुमा क्षति पुर्याउनुका साथै पशुवस्तु मर्दा लाखौँको क्षति भएको छ । लगातारको वर्षाले एक जुमा, तीनवटा बाच्छा, चारवटा खसी मरेको लछु बुढाले बताए। जिल्लामा जुमाको रु ५० हजारमाथि पर्ने गरेको छ । खसीको रु १५ हजारदेखि रु २५ हजारसम्म पर्ने गरेको हुँदा करिब रु पाँच लाख बराबरको क्षति पुगेको बुढाले बताए ।
रासस

वि.सं.२०७८ असार ६ आइतवार ११:२२ मा प्रकाशित

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली । नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका...

ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले खाना पकाउने...