back
CTIZAN AD

धितोपत्र बोर्डविरुद्धको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार

वि.सं.२०७८ असार ६ आइतवार

726 

shares

६ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सार्वजनिक गरेको ५१ वटा कम्पनीको सूचिका विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

अधिवक्ता रविन बोहजुले दर्ता गरेको रिटमाथि आइतबार सुनुवाई गर्दै न्यायाधीश डा. कुमार चुडालले निवेदकको निर्विवाद हकमा असर नपरेको भन्दै अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश जारी गरेको हो ।

‘निवेदकले अन्तरिम आदेशसमेत जारी गरीपाउँ भनी गरेको निवेदन मागका सम्बन्धमा हेर्दा विपक्षी धितोपत्र बोर्डमा दर्ता रहेका विभिन्न कम्पनीसमेतको विविध आर्थिक अवस्था सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरेको कार्यले निवेदकको निर्विवाद हकमा असर पारेको भन्ने नदेखिँदा निवेदक मागबमोजिम अन्तरिम आदेश जारी गरिरहन परेन,’ आदेशमा भनिएको छ ।

बोर्डले गत मंगलबार विभिन्न कम्पनीहरुले चलखेल गरेर सेयर मूल्यमा चलखेल भएको भन्दै ५१ वटा कम्पनीको सूची सार्वजनिक गरेको थियो ।

होसियार ! यी ५१ कम्पनीका लगानीकर्ता जोखिममा पर्न सक्छन् (सूची सहित)

वि.सं.२०७८ असार ६ आइतवार २१:१८ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...