१ असार, काठमाडौं । सेयर बजारको पछिल्लो उछाललाई हेर्दा बिभिन्न कम्पनीमा लगानी गरेका लगानीकर्ताहरू जोखिममा पर्ने देखिएको छ ।
धितो पत्र बजारको नियामक निकाय धितोपत्र बोर्डले मंगलबार सार्बजनिक गरेको एक प्रतिवेदनमा त्यस्तो देखिएको हो ।
बोर्डले सूचिकृतमध्ये ५१ कम्पनीको अध्यायन गरेको र ति कम्पनीका लगानीकर्ताहरु जोखिममा रहेको जनाएको छ ।
बाेर्डले विगत १ बर्षको अबधिमा सूचिकृत कम्पनीहरुको मूल्य बृद्धि ३०० प्रतिशत र त्योभन्दा बढी प्रतिशतले बृद्धि भएका, मूल्य र आम्दानीको अनुपात १०० र त्यसभन्दा बढीले भएका तथा प्रतिसेयर आम्दानी ऋणात्मक भएका, प्रतिसेयर अंकितमूल्यभन्दा प्रतिसेयर नेटवर्थ कम भएका तथा कम्पनीको बर्तमान क्षमता समेतलाई आधार मानेर अध्यायन गरिएको जनाएको छ ।
पछिल्ला दिनहरूमा सेयर बजारमा अस्वभाविक चलखेल भैरहेकाे बताउँदै आएकाे बाेर्डले यस्ताे कदम चालेकाे हाे । नेप्सेकाे याे कदमले सेयर बजारमा कस्ताे प्रभाब पर्दछ आगामी दिनमा देखिने नै छ ।
बोर्डले अध्ययन गरेका बिभिन्न ५१ कम्पनी






वि.सं.२०७८ असार १ मंगलवार १८:२९ मा प्रकाशित


























