back
CTIZAN AD

गण्डकीको राजनीति : सरकार बनेको एक सातामै गठबन्धनभित्र मच्चियो भाँडभैलो

वि.सं.२०७८ असार ८ मंगलवार

714 

shares

असार ८, काठमाडौं । गण्डकी प्रदेशमा सरकार बनेको एक सातामै चार दलीय गठबन्धनभित्र समस्या पैदा भएको छ । गठबन्धनभित्र मन्त्रालय बाँडफाँडको विषयमा कुरा नमिल्दा समस्या पैदा भएको हो ।

दलहरुबीच मन्त्रालय बाँडफाँडका विषयमा पटक–पटक छलफल भएपनि कुरा मिल्न सकिरहेको छैन् । सोमबार बसेको बैठकमा सबै दलहरुले आ–आफ्नो अडान नछाड्दा थप किचलो बढेको देखिन्छ ।

जसपासँगको सम्झौताले मुख्यमन्त्री समस्यामा

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले चार दलीय गठबन्धनको एक दल जसपासँग गरेको सम्झौताका कारण गठबन्धनभित्र समस्या पैदा भएको छ । पोखरेलले जसपालाई आफ्नो पक्षमा पार्न लिखित रुपमै अर्थसहित महत्वपूर्णं मन्त्रालय दिने सहमती गरेका थिए । २ सांसद भएको जसपालाई अर्थसहित महत्वपूर्णं मन्त्रालय दिने सहमती गरेसँगै गठबन्धनभित्र थप किचलो उत्पन्न भएको हो ।

३ बुँदे सहमतिमा अर्थसहित २ मन्त्रालय जसपालाई दिने, सरकार सञ्चालनको लागि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने र थ्रेसहोल्ड सिस्टम हटाउने कुरा छ । विश्वासको मत लिने दिन पोखरेलले जसपासँग यस्तो सम्झौता गरेका थिए ।

जसपासँगको सहमतीप्रति सत्ता साझेदार माओवादी सहमत छैन् भने कांग्रेसभित्रै पनि असन्तुष्टी पैदा भएको छ । साथै गठबन्धनको अर्को दल राजमोलाई कसरी व्यवस्थापन गर्ने भन्ने समस्या पैदा भएको छ ।

माओवादीले मुख्यमन्त्री कांग्रेसले पाएको हुनाले आफुँले रोजेका मन्त्रालय पाउनुपर्ने अडान राखेको छ । गण्डकीमा गृह, अर्थ, भौतिकसहित केहि महत्वपूर्णं मन्त्रालयमा माओवादीले दाबी गरेको छ ।

सहमती पालना नभए सरकार चल्दैन : मन्त्री आचार्य

मुख्यमन्त्रीमा नियुक्त भएसँगै पोखरेलले आफुँसँगै गठबन्धनका ४ जना नेतालाई मन्त्रीमा नियुक्त गराएका थिए । उनले कांग्रेस, माओवादी, जसपा र स्वतन्त्र सांसद दीपक मनाङ्गेलाई विनाविभागीय मन्त्री बनाएका थिए । तर, एक साता बितिसक्दा पनि एकातर्फ नियुक्त बनेका मन्त्रीहरुले जिम्मेवारी पाएका छैनन् भने अर्कोतर्फ मन्त्रिपरिषदले पनि पूर्णंता पाउन सकेको छैन् ।

यस्तोमा एकातिर मन्त्रालय बाँडफाँडमा दलहरुबीच किचलो छ भने अर्कोतर्फ जसपासँगको लिखित सहमती पालनामा समस्या देखिएको छ । गठबन्धनका मुख्य ठूला दलले नै लिखित सहमती पालना गर्ने कुरामा असहमती जनाउन थालेका छन् । लिखित नै भएको सहमती पनि पालना गर्न असहमत देखिएपछि जसपा विरोधमा उत्रिएको छ ।

जसपाले आफुँलाई हेप्न खोजिएको भन्दै गठबन्धनबाट बाहिरिनेसमेत चेतावनी दिन थालेको छ । जसपाका नेता तथा विनाविभागीय मन्त्री हरिशरण आचार्यले सहमती लागु नभए सबैका निम्ति आत्मघाती हुने बताए ।

‘हामीले किन दाबी छाड्ने, हामी व्याक हुने कुरा आउँदैन, हामी दल सानो होला तर हाम्रो साथ बिना उनीहरूको सरकार बन्दैन, सानो भनेर हेप्न मिल्दैन’, सञ्चारमाध्यमसँग कुराकानी गर्दै आचार्यले भनेका छन्, ‘यदि सहमती पालना भएन भने सरकार चल्दैन्, त्यो सबैका निम्ति आत्मघाती हुनेछ ।’

वि.सं.२०७८ असार ८ मंगलवार १३:५२ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...