८ असार, रुपन्देही । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत २ कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बुटवल १३ की ४३ वर्षीया महिलाको सोमबार बेलुका ७ः३२ मा फिवर क्लिनमा उपचारका क्रममा मृत्यु भएको छ । जेठ २४ गते संक्रमण पुष्टि भएकी उनी जेठ २९ गते अस्पताल भर्ना भएकी थिइन् ।
त्यसैगरी प्युठानको सरुमारानी गाउँपालिका १ का ५६ वर्षीय पुरुषको पनि इमरजेन्सीमा राखेर उपचार गर्ने क्रममा आइतबार बेलुका ८ः२० मा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिएका छन् ।
असार ६ गते कोरोना पुष्टि भएकी उनको सोहि दिन नै मृत्यु भएको हो ।
वि.सं.२०७८ असार ८ मंगलवार १३:५९ मा प्रकाशित






























