back
CTIZAN AD

कालापानीका नागरिकलाई जनगणनामा सामेल गर्न माग

वि.सं.२०७८ असार ८ मंगलवार

663 

shares

८ असार, काठमाडौँ । नयाँ पार्टी नेपालले देशभर बाढीपहिरामा परेका नागरिकलाई तत्काल गाँस, बास र कपासको व्यवस्था गर्न र तिनलाई उचित राहत वितरणमा ध्यान दिन सरकारसँग माग गरेको छ ।

पार्टीका वरिष्ठ उपाध्यक्ष युवराज सफलले आज विज्ञप्ति जारी गरी देशमा कोरोनाको प्रभाव विस्तारै कम भए पनि जोखिम कायम भएको हुँदा सम्पूर्ण नागरिकलाई खोप सेवा दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले निषेधाज्ञाबाट प्रभावित सम्पूर्ण किसान, यातायात व्यवसायी, उद्योगी, व्यवसायीलगायतलाई उचित राहत दिन पनि आग्रह गरेका छन् ।
पार्टी प्रवक्ता सफलले लिपुलेक, कालापानी र लिम्पियाधुरालगायत भूभागका नेपाली नागरिकलाई राष्ट्रिय जनगणना २०७८ मा सामेल गर्न र मतदाता नामावलीमा नाम समेत समावेश गरी मत हाल्न पाउने अधिकार दिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

पार्टीले अङ्गीकृत नागरिकता प्राप्त व्यक्तिलाई नेपालको कुनै पनि राजनीतिक गतिविधिमा संलग्न हुन नपाउनाका साथै जनप्रतिनिधि, मन्त्री, उपप्रधानमन्त्री, प्रधानमन्त्री र राष्ट्रपति हुन नपाउने गरी तत्काल संविधान संशोधन गर्न पनि माग गरेको छ ।
रासस

वि.सं.२०७८ असार ८ मंगलवार १३:४६ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...