८ असार, काठमाडौं । सडकमा हिँडिरहेकी महिलाको घाँटीबाट २ तोलाको सिक्री चोरेर भागेका एक व्यक्ति पक्राउ परेका छन् ।
काठमाडौंको तार्केश्वर बस्ने धादिङका २४ वर्षीय रवि परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित सडकमा हिँडिरहेकी काठमाडौं म्हेपी बस्ने गोरखा धार्चे गाउँपालिका-५ की ५० वर्षीया महिलाले घाटीमा लगाएको करिब २ तोलाको सुनको सिक्री लुटे भागेका परियारलाई महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले बिष्णुमती खोला छेउमा फेला पारी सिक्री सहित पक्राउ गरेको हो ।
वि.सं.२०७८ असार ८ मंगलवार १३:२१ मा प्रकाशित






























