back
CTIZAN AD

जथाभाबी सडक खन्दा पहिरोको जोखिम बढ्दो

वि.सं.२०७८ असार ८ मंगलवार

882 

shares

८ असार, डोटी । जिल्लाका नौवटै स्थानीय तहमा सडक पुर्याउने नाममा यहाँका गाउँघरमा जथाभाबी खनिएका सडकका कारण अहिले पहिराको जोखिम बढ्न थालेको छ ।

पछिल्लो समय भइरहेको वर्षाद्ले यहाँका गाउँघरका सडक पूर्णरूपमा बन्द भएका छन् । डोजर अपरेटरका सनकका भरमा जथाभाबी सडकको ट्रयाक खन्दा पहिराको जोखीम बढेको स्थानीयवासीको आरोप छ ।

बिगतका निर्वाचनका समयमा गाउँ घरमा सडक पु¥याउने नेताले गरेका बाचाअनुसार खनिएका सडकले जिल्लामा समस्या निम्त्याएको उनीहरूको आरोप छ । जथाभाबी खनिएका सडकले विकासभन्दा पनि विनास बढाएको भन्दै यहाँका स्थानीयवासी आक्रोसित बन्न थालेका छन् ।

गाउँगाउँमा सडक पुर्याउने होडबाजीले सम्भाब्यता अध्यन तथा सर्वेक्षण बिनानै खनिएका यस्ता सडकले बस्तीनै पहिराको जोखीममा परेको दिपायल सिलगढी नगरपालिका–४ का सर्वजित देउवाले बताए । उनले भने, “नामका सडक मात्रै भए कामका कोही सडक भएनन्, मनपरि खनिएका सडकले अहिले पहिरा आउन थाल्यो ।”

लाखौँ रकम खर्च गरेर निर्माण गरिएका यहाँका ग्रामीण सडक वर्षाद्को समय पानीले चिराचिरा हुनुका साथै आसपासका वस्तिसमेत जोखिममा परेको शिखर नगरपालिका–१ कपल्लेकीका धनबहादुर शाहीले बताए । उनले भने, “जथाभाबी डोजर प्रयोग गरेर विना अध्यन र मापदण्डका सडक खनिएका छन्, सडक खन्दा डोजरले जमिननै हल्लाएको छ, अहिले पानी पर्दा पहिरा आएर सडक बगाएर चिरचिरा भएका छन्, अब कसरी गाडी चल्छन् ।”

जिल्लाका ग्रमीण क्षेत्रका खनिएका अधिकांश सडक डोजर मालिकलाई पोष्न तथा कार्यकर्ता पाल्नका लागि मात्रै भएको यहाँका स्थानीयको आरोप छ । यही असार १ गतेदेखि जिल्लामा परेको अविरल वर्षाका कारण यहाँका जोरायल–गड्सेरा, निरौँली, खसरे, नापानी, मौवा–मेल्लेक, खप्तड, अनागाड, बोगटान, मुडभारा–धुर्कोट, राजपुर–बागनेटी, शान्तिनगर–नारीदाङ सडक अवरुद्ध भएका छन् ।

पानीले सडकभरमा पहिरा आउनुका साथै सडकनै बगाएर चिरा चिरा बनाएको स्थानीयवासी बताउँछन् । सडक डिभिजन कार्यालयको कुनै सहकार्य तथा इन्जिनियरको कुनै नाप नक्सा बिना डोजर अप्रेटरको डिजाईन र नक्साङ्कनले निर्माण भएका यहाँका सडकहरू अहिले बन्द अवस्थामा पुगेका हुन् ।

सडक निर्माणमा चलेको होडबाजीले हिउँदको समयमा यहाँका गाउँ गाउँमा गाडी सुबिधा पुगे पनि थुप्रै ठाउँमा अहिले पहिरा आउदा सडक बन्द भएका छन् । यसरी खनिएका ती सडकमा पछिल्लो समय पहिराको जोखीम बढेको केआइसिंह गाउँपालिका–५ तलिगाउँका स्थानीय तथा शिक्षक चेतराज भट्टले बताए उनले भने, “सडक खन्ने होडबाजीले गाउँमा यातायातको सुबिधा त पुगेको थियो, अहिले पहिराले सबै सडक लग्यो, नागरिकका वस्ति मात्रै जोखिम बनायो ।”

जिल्लामा निर्माण गरिएका मापदण्ड बिनाका सडक खारेज हुनु पर्ने यहाँका नागरिकको माग रहेको छ । यहाँका स्थानीय तहले पालिकाको बजेटले निर्माण गरीएका सडकको सर्वेक्षण आफू बाहेक अन्य कार्यालयका प्राविधिकलाई सर्वे तथा जाँच गर्न नदिँएका कारण अहिले पहिराको समस्या उत्पन्न भएको सडक डिभिजन कार्यालय कुल्पाते दिपायलका सडक प्राविधिकको आरोप छ ।

यहाँका सडकवस्ती माथि तथा गाउँ तलबाट खनिएकाले वस्ति नै पहिराको उच्च जोखिम पर्न थालेको जोरायल गाउँपालिका–५ का स्थानीय चक्रबहादुर विष्टले जानकारी दिए । प्राविधिक र वातावरणिय प्रभाव मूल्याङ्कन नगरिकनै खनिएका सडकले यहाँका गाउँमा विकाससँगै विनाश निम्त्याएको उनले आरोप लगाए ।
रासस

वि.सं.२०७८ असार ८ मंगलवार १३:३१ मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...