back
CTIZAN AD

कसरी हुनसक्छ एमाले एकता ? नेता भीम आचार्यले राखे यस्तो प्रस्ताव

वि.सं.२०७८ असार ८ मंगलवार

873 

shares

असार ८, काठमाडौं । नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षीय नेता भीम आचार्यले पार्टी एकतालाई जोगाउन ६ बुँदे प्रस्ताव राखेका छन् । आचार्यले मंगलबार सामाजिक सञ्जालमार्फत एमाले एकता जोगाउन भन्दै प्रस्ताव अगाडि सारेका हुन् ।

उनले ६ बुँदे प्रस्तावमा माधव पक्षले उठाउँदै आएका मागहरु र थप केहि विषयहरु उल्लेख गरेका छन् । पार्टी संरचनालाई ०७५ जेठ २ को अवस्थामा फर्काउँदै नवौं राष्ट्रिय महाधिवेशनले निर्वाचित गरेको सांगठनिक संरचनालाई विनासर्त सक्रिय बनाउनुपर्ने उनको माग छ । उनले सर्वोच्च अदालतले एमाले ब्यूँताएपछि दुवै पक्षले गरेका सबै निर्णयहरु अवैद्य भएको घोषणा हुनुपर्ने माग राखेका छन् ।

“यति बेला नेकपा विभाजन र एमालेभित्रको किचलोले सिंगो राष्ट्रिय राजनीति विथोलिएको छ । २०६२र६३ को जनक्रान्तिले ल्याएका उपलब्धिहरु संकटमा परेका छन् । अहिले नेकपा एमालेभित्र घात–प्रतिघात, गुट–उपगुट, विश्वास–अविश्वास, कारबाही–प्रतिकारबाही, समर्थन–विरोधजस्ता क्रियाकलापहरु भइरहेका छन् । गत फागुन २८ गते एमालेको नाममा एउटा गुटले गरेका विभाजनकारी निर्णय र गतिविधिहरु यसको मुख्य स्रोत हो,” उनले भनेका छन् ।

यस्तो छ ६ बुँदे प्रस्ताव

(१) पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय कमिटी र आफ्नो अधिवेशन र सम्मेलन तथा वैधानिक प्रकृयाबाट आएका मातहत कमिटी, जनसंगठन तथा पेसागत संगठनहरु तुरुन्तै विनासर्त सुचारु गरिनुपर्छ । सार्बभौम सदस्य हरुबाट निर्वाचित कमिटी सुचारु गर्न यो वा त्यो सर्त राख्नु गलत र अनधिकृत हो ।

(२) गत फागुन २३ पछि नेकपा एमालेका नाममा गरेका भनिएका सबै गुटका सबै निर्णयहरु खारेज गरिनुपर्छ र गरिएका सबै कामहरु अवैध घोषणा गर्नुपर्दछ ।

(३) पार्टीभित्रका गुटहरुको टकरावका कारण यसबिच भएका द्वन्द्व र कामहरुको उपर्युक्त समयमा समिक्षा गर्दै भएका कमि कमजोरीहरु सच्याएर अगाडि बढ्ने प्रतिबद्धता आवश्यक छ ।

(४) आगामी दिनहरुमा पार्टी र सरकार सञ्चालन एक भएर गर्ने र आएका चुनौतीहरुको एकतावद्ध भएर सामना गर्नु पर्दछ ।
(५)पार्टीलाई विधि–विधान र स्थापित मान्यताहरुको आधारमा संचालन गर्नुपर्दछ ।

(६) नेतृत्वले रिस, राग, बदलाभाव, अहंकार, हिनताबोध त्यागेर धैर्य र संयमताका साथ पार्टी लाई एकतावद्ध बनाउने र सबै बामपन्थी र लोकतान्त्रिक शक्ति र पार्टीहरुसंग सुमधुर सम्बन्ध राख्दै सिंगो राष्ट्रलाई एकतावद्ध बनाएर क्रान्तिका उपलब्धिहरु रक्षा गर्दै विकास र समृद्धिको बाटोमा अघि बढनुपर्दछ ।

वि.सं.२०७८ असार ८ मंगलवार १४:३७ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...