८ असार, काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधाका लागि स्मार्ट फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ । आफ्ना ग्राहकहरुलाई आवश्यक रकम तत्कालै उपलब्ध गराउने उद्देश्यले मेगा बैंकले एफ वन सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा यो कर्जा सुविधा ल्याएको हो ।
यस सुविधामार्फत बैंकमा आफ्नो मासिक तलब खाता भएका विभिन्न संघ संस्था तथा कम्पनीका कर्मचारीहरुले ३० दिनसम्मका लागि अधिकतम २ लाख रुपैयाँ झिक्न सक्नेछन्।
मेगा स्मार्ट बैंकिङ एपमार्फत अनलाईन आवेदन दिएको केही मिनेटमै ग्राहकलाई ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत खातामा कर्जा रकम जम्मा गरिनेछ।
बिना धितो, बिना कागजी प्रक्रिया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त कर्जा प्राप्त गर्न सकिने भएकाले यो कर्जा सुविधा निकै छिटो र सहज हुने मेगा बैंकका डिजिटल तथा ई–बैंकिङ्ग प्रमुख विश्व सिंहले बताए ।
कर्जाको लागि आवश्यक सम्पूर्ण प्रक्रिया अनलाईन मार्फत पुरा भएको अवस्थामा बैंकले तुरुन्त कर्जा प्रवाह गर्ने जनाएको छ ।
वि.सं.२०७८ असार ८ मंगलवार १४:३९ मा प्रकाशित





























