back
CTIZAN AD

जात व्यवस्था उन्मूलन मोर्चाद्वारा रुपा सुनारको सुरक्षा व्यवस्थाको माग

वि.सं.२०७८ असार ८ मंगलवार

939 

shares

८ असार, काठमाडौँ । जात व्यवस्था उन्मूलन मोर्चा नेपालले रुपा सुनारको सुरक्षा व्यवस्थामा ध्यान दिन माग गरेको छ । मोर्चाले प्रेस वक्तव्य जारी गर्दै रुपा सुनारको सुरक्षा व्यवस्थामा ध्यान दिन सम्बन्धीत निकायको ध्यानाकर्षण गराएको हो ।

रुपा सुनार कलाकारका अलवा जात व्यवस्था विरोधी आन्दोलनमा क्रियाशिल युवा नेता भएको भन्दै उनी बारे भ्रम नफैलाउनसमेत मोर्चाले आग्रह गरेको छ ।

२०७८ असार १ गते काठाडौँ बबरमहलकी सरस्वती प्रधानद्वारा जात व्यवस्थामा आधारित विभेदका कारण कोठा भाडामा नदिएको घटना पश्चात विकसित परिस्थितिका बारेमा संगठनको गम्भिर ध्यानाकर्षण भएको भन्दै मोर्चाले उनीबारे फैलाइएको सबै भ्रमको खण्डन पनि गरेको छ ।

रुपा सुनार माथी सरस्वती प्रधानद्वारा गरिएको जातीय विभेदको विरुद्धमा न्याय खोज्नु कुनै समुदायको विरोध होइन भन्ने यथार्थ स्वतः स्पष्ट रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

दलित समुदायले भोग्दै आएको सम्पूर्ण खाले उत्पीडनको अन्त्यका लागि एकाकार हुनको निम्ति आवश्यक रहेको र त्यसका लागि सम्पूर्ण तह र तप्कामा रहेका जनसमुदायहरुमा अपिल गरिएको छ ।

मोर्चाले पीडितलाई संविधान र कानुनप्रदक्त अधिकार मुताविक न्याय प्राप्तिको माग गर्दै विज्ञप्तिमा भनिएको छ– ‘यो घटना न्यायिक प्रक्रियामा अगाडि बढीरहेको सन्दर्भमा कुनै पनि प्रकारको अफवाहलाई चिर्दै र स्वतन्त्र ढंगले छानविन अगाढि बढाउँदै पिडितलाई संविधान र कानुनप्रदक्त अधिकार मुताविक न्याय प्रप्त होस् ।’

 

वि.सं.२०७८ असार ८ मंगलवार २१:२५ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...