
प्रेम के हो भन्ने प्रश्न हामी सबैका लागी अत्यन्तै महत्वपुर्ण प्रश्न हो । प्रेम मानिसको जीवनमा एउटा आधारभुत बिषय पनी हो । प्रेम सम्बन्धि सबैका फरक–फरक बुझाई र परीभाषा छन । तर प्रेम एउटा यस्तो तत्व हो जसको बौद्धिक परिभाषा एउटै हुनसक्छ । उमेर अनुसार युवा, प्रौढ र बृद्धले प्रेमको परीभाषा फरक–फरक अर्थ लाग्नेगरी दिएको पाईन्छ । दर्शनअनुसार पनी प्रेमको अर्थ फरक–फरक पाईन्छ । बिज्ञान प्रबिधिको बिकासको स्तरलाई हेर्दा हामी अहिले उच्च मानबिय सभ्यता निर्माणको अभ्यास गर्दैछौं । बिशेष गरेर सम्बन्धित राज्यसत्ताको राजनीतिक चेतनाको आधारमा त्यहाँको मानवीय सभ्यता प्रस्तुत भईरहेको हुन्छ । कस्तो प्रकारको दार्शनिक पक्ष राजनितिमा हावी भईरहेको छ भन्ने कुरा सामाजीक सभ्यताबाट झल्कने हुंदा प्रेमको अभिब्यक्ती पनी सामाजीक चेतना र सभ्यताको स्तरबाट भईरहेको हुन्छ । प्रेमको यथार्थ पक्षलाई बैज्ञानिक र प्राकृतिक कोणबाट नियाल्ने हो भने प्रेमको परीभाषामा धेरै उतारचढाव ल्याउन आवश्यक छैन । प्रेम मानिसको बिचार र ब्यबहारद्धारा अभिब्यतm हुने एउटा अनिवार्य मानविय पक्ष पनी हो । समाजमा प्रेमको सहि परिभाषा स्थापित गर्नु र सुसंस्कृत प्रेम ब्यबहार र मानबिय भाबनाको बिकास गर्नु हामी सबैको दायीत्व हो । हामी प्रकृति र बिज्ञानसंगत कोणबाट बहस गरौं प्रेम के हो र प्रेम के होईन ।
समाजमा धेरै सुनिन्छ मैले प्रेममा धोका पाएँ, मेरो प्रेम सफल भयो, म प्रेममा छियाछिया भएको छु, म उसलाई प्रेम गर्छु तर उ मलाई प्र्रेम गर्दीन यस्तै यस्तै । के प्रेम आकर्षण हो ? के प्रेम आवश्यकताको हल हो ? के प्रेम सम्झौताको ब्यबहार हो ? के प्रेम प्राकृतिक गुण हो ? के प्रेम बौद्धीक बुझाई हो ? के प्रेम अस्तित्वको सम्झौता हो ? आदी आदी । हामीले यस पृथ्बीमा अस्तीत्वमा रहेका धेरै जीबहरुमा एकआपसको लेनदेन वा सहकार्य देखीरहेका छौं । अन्य जिबहरुबिचमा हुने कतिपय सहकार्य देख्दा हामी अचम्मीत समेत हुन्छौं । हामीले यस प्रकृतिमा पाईने अरु सम्पुर्ण प्रकारका जिबजनाबर र पंक्षीहरुबिचमा हुने पारीवारीक, सामुहिक र अन्र्तलिंगीय सम्बन्ध र सहकार्यलाई कसरी लिने ? की यस प्रकृति जगतमा हामी मानिसहरुले मात्रै प्रेम गरेका छौं अरु जिबजनावरले गर्दैनन भन्ने । सायद हामीले मात्रै प्रेम गर्छौं भन्ने कुराको दावी हामिले गर्न सक्दैनौ, किनभने करीब हामी मानिसबिचमा हुने सहकार्य र लेनदेन जस्तै बिषय अरु जिवजगतमा पनि हुने गरेको हामीले देखेका छौं । हामी मानिस यस प्रकृतिमा सबैभन्दा उच्च चेतना भएका प्राणी हौं ।
हामी मानिसले गर्ने प्रेमको प्रस्तुती र अरु जीवजनाबरले गर्ने प्रेमको प्रस्तुती उस्तै प्रकारको हुनु स्वभाबिक हो किनकी प्रेम प्राकृतिक गुण हो र आवश्यकता हो । यो बिचारलाई मान्ने हो भने प्रेममा बौद्धिक चेतनाको स्थान सुन्य भएर जान्छ । प्रेमको सवाललाई लिएर किशोर किशोरीहरुमा धेरै बिकृति पनि देखीएको छ । बिद्यालय तहको शिक्षा देखीनै यौन र प्रेमको बिषयमा स्पस्ट दृष्टीकोणको निष्कर्षमा पुग्न सकिने प्रकारको पाठ्यक्रम बिकास गर्नुपर्ने जरुरी देखीएको छ । प्रायः किशोर अवस्थाका केटाकेटीहरु बिपरीत लींग प्रतीको आकर्षण र रुपपक्षको आकर्षणको कारणले हुन पुगेको सम्बन्धलाई प्रेम सम्बन्धको रुपमा ब्याख्या गर्दछन । एउटा उमेरस्तरमा पुगीसकेपछी आउने शारीरिक परीवर्तन र बिकास हुने नयाँ हर्मोनका कारण किशोर अवस्थामा उत्पन्न हुने नयाँ प्रकारको भावना पक्षलाई सहि दृष्टिकोण बोकेको शिक्षाद्धारा मात्रै सहि रुपमा निर्देशित गर्न सकिन्छ ।
एकनिष्ठ प्रेम र यौन सम्बन्धको प्रश्न बैज्ञानिक दृष्टिकोण हो कि होईन भन्ने कुरा सो सम्बन्धि व्यवहारिक पक्षमा देखीएको निरन्तर स्खलनका कारण र्निबिबाद रहन सकेको छैन । भारतीय उपमहद्धिपमा बिकास भएको हिन्दु दर्शनले बिकास गरेको एकनिष्ठ प्रेम र यौनको सवाल अहिले करिब धरापमा पर्न पुगेको छ । पश्चिमा समाजबाट बिकास भएको बहुलबादी स्वचछन्दताबाद दार्शनिक रुपमा एकनिष्ठ प्रेम र यौन को दृष्टिकोणको करीब बिरुद्धमा उभिन्छ । चर्चीत माक्र्सबादी दर्शन का आबिस्कारक कार्ल माक्र्सले प्रेम, बिबाह र यौन को सम्बन्ध एउटा श्रृङ्खलाको रुपमा कार्यान्वयन हुनुपर्ने धारणा ब्यतm गरेका छन । कार्ल माक्र्सका अनुसार प्रेम बिचार, भावना र रुपपक्ष सँगको उचित सन्तुलनमा हुनुपर्छ । स्वच्छन्दताबादी दर्शनले प्रेम बिनाको सुरक्षीत यौन सम्बन्धलाई पश्रय दिएको पाईन्छ, जसकारण प्रेम, बिबाह र यौन को श्रृङ्खलाबद्ध सम्बन्ध नै बिकृत हुन पुगेको छ ।
व्यक्तिअनुसार प्रेम सम्बन्धि धारणा फरक फरक भएता पनि हामीले एउटा कुराको राम्रो सँग अनुभव गर्न सक्दछौं कि मानिस बाहेक अरु जिबजगतमा हुने प्रेम उनिहरुको अस्तित्वको निरन्तरता सँग जोडीएको छ । यदी मृगले बच्चा जन्माईसकेपछी सो बच्चाको स्याहार गरेन भने अर्को जनाबरले बच्चालाई छिट्टै मार्ने वा खाने सम्भावना हुन्छ । मानिस बाहेक अन्य जिबजगतले आफ्नो अस्तित्व र बंशज निरन्तरताको लागी एकआपसमा प्रेम गर्नु उनिहरुको लागी अनिबार्य कुरा हो । जिबजनाबरहरुमा आफ्नो बंशज वा निश्चित सम्बन्धबिचमा प्रेम गर्ने कुरा प्राकृतिक आवश्यकता र प्राकृतिक गुणको रुपमा बिकास भईसकेको छ । त्यसैले मानिस बाहेकको जिबजगतमा हुने प्रेम अनिवार्य प्राकृतिक आवश्यकता र अस्तित्वको लागी हो । त्यसलाई कुनै रंगीन र कृत्रीम आवरणमा ब्याख्या गर्न उपयुतm हुंदैन ।
ढुंगे युग हुँदै बर्तमान सभ्यतासम्म बिकास भएको मानिसले प्रकृतिका नियम अनुकुल सँघर्ष गर्दै चेतनाको उच्च स्वरुप हासील गर्न सफल भएको हो । हिजो आदीमकालमा मानिसले आफ्नो अस्तित्वका लागी पारिवारिक र सामुहिक प्रेम गर्नु उसको लागी अनिवार्य थियो । जिबनको शुरुवातदेखी मृत्यूसम्म दैनिकी आवस्यकता र समस्यामा सहकार्य गर्दै जांदा दुई पक्षबिचमा नयाँ बिशेष प्रकारको परिचित भावनाको बिकास हुँदै जाने कुरा साधारण चेतनशिल प्राणीमा स्वाभावीक पनी हो । हामीले भौतीकरुपमा मात्रै आवस्यकता र सहकार्यलाई जोड दिन खोज्यौं भने त्यहाँ भावनात्मक पक्ष हराउन पुग्छ । मुख्यत: बिचार र बिबेक नै हो, बिचार र बिबेकको खास आधार पनी भौतीक पक्षनै हो । यहाँनेर हामीले साधारण ढंगले सोंच्न सक्छौं कि हामीले एक्लै जिबनको अस्तित्व कसैगरी भेटाउन सक्दैनौ । मानिसको निरन्तर अस्तित्वका लागी पारीवारिक र सामुहिक सम्बन्धको बिकास गर्न जुन अनिवार्य छ, त्यहाँनेर नयाँ बिचार पैदा हुन पनी जरुरी छ । त्यो नै भावनाको रुपमा प्रकट हुन पुग्दछ । प्रेम हेराई वा अनुभबको रुपमा मात्रै प्रस्तुत हुँदैन, प्रेम उच्च बौद्धीक बिचार सहित स्वस्फुर्त ब्यबहारमा प्रस्तुत हुनुपर्छ । रिस, ईस्र्या, आकर्षण, संबेदना, आदि जस्ता कुराहरु भावनात्मक पक्षहुन तर यी प्रेमका सहायक पक्षको रुपमा निरन्तर प्रस्तुत भई रहन्छन ।
प्रेमलाई ठोस रुपमा बुझ्न र ग्रहण गर्न यसका समग्र स्वरुप र सहायक स्वरुपलाई ठिक ढंगले बुझ्न जरुरी हुन्छ । बंशज निरन्तरताको लागी बिपरीत लिंगहरुबिचमा यौनसम्बन्ध स्थापित हुने कुरा अनिवार्य हो, तर त्यहाँ प्रेमसम्बन्ध नभएमा मानिसबिचमा हुने अन्र्तलिंगीय सम्बन्ध पशुवत सम्बन्धको स्तरमा प्रस्तुत हुन पुग्दछ वा औपचारीक भौतीक सम्बन्धमा प्रस्तुत हुन पुग्दछ । मस्तिस्कबाट प्रस्तुत हुने बिभिन्न प्रकारका क्षणीक प्रतिक्रृयाहरुको उचीत सञ्चालन र नियन्त्रण उच्च बौद्धीक इकाइबाट मात्रै सम्भव छ । प्रेमको सहायक पक्ष भावना पशुहरुमा पनी पाइन्छ तर पशुहरुमा चेतनशिलता नहुने हुँदा तिनिहरुमा प्रेमको सम्भावना रहदैन । प्रेमको मुख्य स्रोत चेतना वा बुद्धी हो । प्रेम युवा र युवती बिचमा मात्रै हुने र अरुबिचमा नहुने भन्ने हुनसक्दैन । प्रेम परीवार, समुदाय, क्षेत्र, राष्ट, प्रकृति, अन्तरजिबजगत आदी बिशाल सम्बन्धहरुबिचमा सम्भव छ । समाजमा प्रेम सम्बन्धि बुझाइ ठिक ढंगले स्थापित भएको पाईंदैन । प्रायजसो बाबुआमाले आफ्ना छोराछोरीलाई एकतर्फी रुपमा प्रेमभाव प्रकट गरीरहेका हुन्छन तर छोराछोरी भने आफ्ना बाबुआमाको प्रेमभावलाई हेलचेक्र्याँईपुर्वक कुल्चीरहेको देखीन्छ । ति बाबुआमाको प्रेम भाव अधुरो छ प्रेममा पुर्ण हुन सकेको छैन । एउटा युवाले एउटी युवतीलाई मन पराउनु, प्रेम प्रस्ताव राख्नु प्रेम होइन, त्यो त प्रेममा पुग्नको लागी पहिलो खुट्कीलो मात्रै हो ।
प्रेमको सवालमा सर्वस्वीकार्य परीभाषा स्थापित नहुंदा केही गलत उदाहरण पनि प्रेमको उत्कर्षको रुपमा आउने गरेका छन । आमाबाबु सँगको सम्बन्धमा छोराछोरी टाढीएपछी आमाबाबुमा एकप्रकारको निराशा आउने र आत्महत्या सम्मको घट्ना घट्ने गरेको छ , साथै आफुले चाहेको ब्यातmी नपाउँदा किशोर उमेरसमुहका किशोर–किशोरीहरुले छुट्टाछुट्टै वा संयुक्त सम्मको आत्महत्या गर्ने गरेका छन । यस्ता घटनाहरुमा विवेकसील प्रेमको भन्दा पनी भावनाको बढी प्रयोग भएको पाईन्छ । यस्ता प्रकारका घट्नाहरुलाई प्रेमको उदारणीय चित्रका रुपमा प्रस्तुत गर्नु नै गलत हुनजान्छ । समाजमा अन्र्तलिंगीय सम्बन्ध बाहेक अरु सम्बन्धलाई प्रेम सम्बन्धको रुपमा चर्चा गरेको पाईदैन तर बर्तमान समाजमा देखीएका अन्र्तलिंगीय सम्बन्धहरु पनी बढी भन्दा बढी स्वार्थबाट प्रेरीत भएको पाईन्छ । बिशेषगरेर पुंजी र जाती बिचमा सम्बन्धको सौदाबाजी गरेर निर्माण गरीएको सम्बन्ध कसरी प्रेम सम्बन्ध हो भनेर भन्न सकिन्छ ?
गतिशिल बैज्ञानिक दृष्टिकोणको माध्यमबाट अध्ययन गर्दा मात्रै हामी कुनै पनी बिषयको सही जानकारी प्राप्त गर्न सक्दछौं । प्रेमको सही परीभाषा खोजको सवालमा पनी यो तर्क लागु हुन्छ । त्यसैले हामी यो निष्कर्षमा पुग्न सक्छौं की द्धिपक्षीय सम्बन्धबिचमा पैदा हुने निरन्तर आवश्यकता र समस्याहरुलाई यथार्थ एवं बौद्धीक दृष्टिकोणबाट हेर्नु र हलको प्रक्रृयामा स्वस्फुर्त सहभागी हुने बिचारपक्षको उच्च इकाई नै प्रेम हो ।