back
CTIZAN AD

टोखा नगरपालिकाको बजेट झण्डै २ अर्ब

वि.सं.२०७८ असार ९ बुधवार

879 

shares

९ असार, काठमाडौं । टोखा नगरपालिकाले रु. एक अर्ब ८९ करोड ९४ लाख ७६ हजारको बजेट नगरसभामा पेश गरेको छ । नगरपालिकाको नवौँ नगरसभामा नगरप्रमुख प्रकाश अधिकारीले आज आर्थिक वर्ष २०७८/०७९ नीति तथा कार्यक्रम प्रस्तुत गर्दे उक्त बजेट पेश गरेका हुन् ।

दोस्रो चरणको कोरोना संक्रमण बढीरहेको बेलामा टोखाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नगरसभामा आव २०७८/०७९ को बजेट पेश गरेको हो ।

टोखाले केन्द्र सरकारबाट प्रदान गर्ने निःशुल्क औषधिको अलावा नगरपालिकाबाट समेत औषधिहरु निःशुल्क उपलब्ध गराउने कार्यक्रम अगाडि सारेको छ । टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश अस्पतालका रुपमा विकास गरिसकिएकाले उक्त अस्पतालबाट उच्चतम सेवा लिन नगरवासीलाई उत्प्रेरित गर्ने भएको छ ।

यस्तै, टोखाले ‘मेयर स्वास्थ्य कार्यक्रम’ र ‘महिला सँग उपमेयर’ स्वास्थ्य कार्यक्रमलाई अगाडि बढाउने भएको छ । एक वडा एक योग ध्यान केन्द्र कार्यक्रमलाई समेत टोखाले अगाडि बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ । स्वास्थ्यबाहेक वजेटले शिक्षा, उद्योग र पूर्वाधारलाई समेत जोड दिएको छ ।

टोखाले वडागत रुपमा रु दुई करोड ५० लाखको वजेट सिलिङ प्रस्ताव गरेको छ । काठमाडौँ उत्तरी क्षेत्रमा रहेको टोखामा हाल ११ वडा रहेका छन् ।

नगरसभामा नगर उपप्रमुख ज्ञानमाया डङ्गोलले नगरवासीको जीवनरक्षाका लागि नगरपालिकाले अहोरात्र खटेर काम गरिरहेको उल्लेख गरे । उनले समृद्ध टोखा नगरपालिका निर्माणका लागि आगामी नीति तथा कार्यक्रमले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नगरपालिकाको न्यायीक समितिमा चालू आर्थिक वर्षमा ३४ उजुरी दर्ता भएका छन् । दर्ता भएका ३४ उजुरीमध्ये २१ उजुरीको फैसला भएको न्यायीक समितिका सदस्य गोपीकृष्ण पाठकले जानकारी दिए ।

वि.सं.२०७८ असार ९ बुधवार २१:०४ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...