Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

‘मोती पत्रकारिता पुरस्कार’ भण्डारीलाई, ‘केटो पुरस्कार’ लामालाई



२ फागुन,भद्रपुर। नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको ‘मोती पत्रकारिता पुरस्कार’ अग्रज पत्रकार चन्द्र भण्डारी र ‘केटो पत्रकारिता पुरस्कार’ युवा पत्रकार डिकेश लामालाई प्रदान गरिने भएको छ ।

महासङ्घ झापा शाखाका अध्यक्ष भीम नेम्बाङको अध्यक्षतामा आइतबार बिर्तामोडमा सम्पन्न कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

भण्डारीलाई प्रदान गरिने मोती पत्रकारिता पुरस्कारको राशि रु ५१ हजार र लामालाई प्रदान गरिने केटो पत्रकारिता पुरस्कारको राशि रु १५ हजार रहेको महासङ्घ झापाका सचिव, एकराज गिरीले जानकारी दिनुभयो ।

हरेक तीन वर्षमा प्रदान गरिने उक्त पुरस्कार यही फागुन ७ गते महासंघको १२ औं जिल्ला अधिवेशनमा बिर्तामोडमा प्रदान गरिनेछ ।

भण्डारी महासंघका संस्थापक महासचिव हुन् भने हाल कञ्चनजङ्घा एफएमका प्रबन्ध निर्देशक छन् । युवा पत्रकार लामा पूर्व सन्देश दैनिक र सप्तरङ्गी एफएममा आबद्ध छन् ।

दिव्य आध्यात्मिक प्रवचन

झापाको सदरमुकाम चन्द्रगढीमा सनातन वैदिक दर्शनमा आधारित दिव्य आध्यात्मिक प्रवचन एवम् रसमय सङ्कीर्तन कार्यक्रम सुरु हुने भएको छ ।

राधाराधव प्रचार समितिको पहलमा भइरहेको यो प्रवचन फागुन ७ देखि १५ गतेसम्म चल्ने र यसमा सुश्री गोपीकेश्वरी देवीले प्रवचन दिने आयोजका कमल मिश्रले बताउनुभयो ।

प्रवचन मानव देहको महत्व एवम् जीवको परम लक्ष्य, ईश्वरको स्वरुप, भगवत–शरणागतिको रहस्य, गुरु या महापुरुष, ईश्वर प्राप्तिको मार्ग र भक्तित्वको रहस्यजस्ता विषयमा प्रवचन हुने आयोजकका रतन शर्माले जानकारी दिनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।