back
CTIZAN AD

‘मोती पत्रकारिता पुरस्कार’ भण्डारीलाई, ‘केटो पुरस्कार’ लामालाई

वि.सं.२०७३ फागुन २ सोमवार

834 

shares

२ फागुन,भद्रपुर। नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको ‘मोती पत्रकारिता पुरस्कार’ अग्रज पत्रकार चन्द्र भण्डारी र ‘केटो पत्रकारिता पुरस्कार’ युवा पत्रकार डिकेश लामालाई प्रदान गरिने भएको छ ।

महासङ्घ झापा शाखाका अध्यक्ष भीम नेम्बाङको अध्यक्षतामा आइतबार बिर्तामोडमा सम्पन्न कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

भण्डारीलाई प्रदान गरिने मोती पत्रकारिता पुरस्कारको राशि रु ५१ हजार र लामालाई प्रदान गरिने केटो पत्रकारिता पुरस्कारको राशि रु १५ हजार रहेको महासङ्घ झापाका सचिव, एकराज गिरीले जानकारी दिनुभयो ।

हरेक तीन वर्षमा प्रदान गरिने उक्त पुरस्कार यही फागुन ७ गते महासंघको १२ औं जिल्ला अधिवेशनमा बिर्तामोडमा प्रदान गरिनेछ ।

भण्डारी महासंघका संस्थापक महासचिव हुन् भने हाल कञ्चनजङ्घा एफएमका प्रबन्ध निर्देशक छन् । युवा पत्रकार लामा पूर्व सन्देश दैनिक र सप्तरङ्गी एफएममा आबद्ध छन् ।

दिव्य आध्यात्मिक प्रवचन

झापाको सदरमुकाम चन्द्रगढीमा सनातन वैदिक दर्शनमा आधारित दिव्य आध्यात्मिक प्रवचन एवम् रसमय सङ्कीर्तन कार्यक्रम सुरु हुने भएको छ ।

राधाराधव प्रचार समितिको पहलमा भइरहेको यो प्रवचन फागुन ७ देखि १५ गतेसम्म चल्ने र यसमा सुश्री गोपीकेश्वरी देवीले प्रवचन दिने आयोजका कमल मिश्रले बताउनुभयो ।

प्रवचन मानव देहको महत्व एवम् जीवको परम लक्ष्य, ईश्वरको स्वरुप, भगवत–शरणागतिको रहस्य, गुरु या महापुरुष, ईश्वर प्राप्तिको मार्ग र भक्तित्वको रहस्यजस्ता विषयमा प्रवचन हुने आयोजकका रतन शर्माले जानकारी दिनुभयो ।

वि.सं.२०७३ फागुन २ सोमवार ०७:३३ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...