back
CTIZAN AD

मोटरसाइकल तोडफोड गरी आगजनी गर्ने दुई युवा पक्राउ

वि.सं.२०७८ असार १० बिहीवार

612 

shares

१० असार, रामेछाप । खाँडादेवी गाउँपालिका–३ आपचौरमा रोकिराखेको मोटरसाइकलमाथि आगजनी र तोडफोड गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।

यही असार ८ गते मध्यरातमा सडकमा रोकिराखेको बा १९ प ७१ नम्बरको मोटरसाइकलमा आगजनी गर्ने र प्रदेश ३–०२–०१३ प १३ नम्बरको मोटरसाइकल तोडफोड गर्नेलाई गए राति पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले जानकारी दिए ।

आगजनी र तोडफोड गरी फरार रहेका सोही वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी वर्ष २८ का पदमबहादुर कार्की र अर्का सोही ठेगाना भएका वर्ष ३० का लक्ष्मण खत्री रहेका छन् । अभियुक्तद्वयले उक्त वडाका स्थानीयको मोटरसाइकलमा क्षति पुराएको भन्दै पीडितले प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

रातको समयमा मादक पदार्थ सेवन गरी उक्त घटना गर्ने अभियुक्तलाई आज जिल्ला अदालतबाट मुलुकी अपराध संहिताअनुसार आपराधिक उपद्रव मुद्दा शीर्षकमा म्याद थप गरी अनुसन्धान थालिने प्रहरी नायब उपरीक्षक ढुङ्गानाले बताए ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार अदालतबाट आपराधिक उपद्रव गरेको ठहरिएमा तीन वर्ष कैद, रु तीस हजारसम्म जरिवाना साथै हानी नोक्सानी भएको बिगो बराबरको क्षतिपूर्ति कसुरदारबाट पीडितलाई भराइ दिने व्यवस्था रहेको छ ।
रासस

वि.सं.२०७८ असार १० बिहीवार १६:४० मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...